Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया फ्लेक्सी क्याप फन्डको आईपीओ खुला

एनआईसी एसिया फ्लेक्सी क्याप फन्डको आईपीओ खुला


काठमाडौं । एनआईसी एसिया फ्लेक्सी क्याप फन्डको आईपीओ यही जेठ १९ गतेदेखि जेठ २४, २०७९ सम्म निष्काशन तथा बिक्री खुला हुने भएको छ । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने एनआईसी एसिया फ्लेक्सी क्याप फन्डको प्रतिइकाइ मूल्य १० रुपैयाँ अंकित दरको १० करोड इकाइमध्ये बीजपुँजीबापत न्यूनतम एक करोड ५० लाख इकाइ कोष प्रवद्र्धक एनआईसी एसिया बैंक लिमिटेडलाई सुरक्षित राखी बाँकी न्यूनतम आठ करोड ५० लाख इकाइ आज १९ गतेदेखि २४ गतेसम्म निष्काशन तथा बिक्री खुला गर्न लागिएको कम्पनीले जानकारी दिएको छ ।

एनआईसी एसिया क्यापिटल योजना व्यवस्थापक रहेको यस एनआईसी एसिया फ्लेक्सी क्याप फन्ड सात वर्ष अवधि रहेको चौथो बन्दमुखी योजना हो । योजनामा संकलित अधिकांश रकम धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीहरूमा लगानी गरिनेछ । उक्त योजनाको प्रमुख विषेशता भनेको योजनामा संकलित रकम सूचीकृत कम्पनीहरूमा लगानी गर्दा सूचीकृत कम्पनीहरूलाई स्मल क्याप, मिड क्याप तथा लार्ज क्याप गरी तीन समूहमा वर्गीकरण गरी जुन क्यापभित्र रहेका कम्पनीहरूबाट भविष्यमा राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ सोही समूहअन्तर्गतका कम्पनीहरूमा लगानी गरिन्छ । उक्त योजनाको न्यूनतम एक सय इकाइ र अधिकतम एक करोड इकाइसम्मको लागि खरिद आवेदन दिन सकिन्छ भने इकाइ खरिदको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूको शाखा कार्यालय र सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको ‘मेरो सेयर’ सफ्टवेयरमार्फत आवेदन दिनुपर्नेछ ।

एनआईसी एसिया फ्लेक्सी क्याप फन्डको प्रक्षपित प्रतिफल दर तथा प्रतिइकाइ खुद सम्पत्ति विवरण निम्नाअनुसार रहेको छ । उक्त फन्डमा लगानी गर्ने इकाइधनीहरूलाई योजनाको अवधिभरमा एक सय ३६ प्रतिशतभन्दा बढी प्रतिफल वितरण गरिने प्रक्षेपण गरिएको छ । इकाइ खरिदका लागि नेपाली नागरिक, गैरआवासीय नेपालीको प्रमाणपत्र (परिचय पत्र) जारी भएका व्यक्ति, प्रचलित कानुनबमोजिम दर्ता भएका नेपाली फर्म, संघसंस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोषहरू जस्तैः सञ्चय कोष, कल्याणकारी कोष, गुठी, अक्षय कोष आदिले इकाइ खरिद गर्न आवेदन दिन सक्नेछन् ।

हाल क्यापिटलले एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत चारवटा योजनाहरू सञ्चालन गरिरहेको छ । जसअन्तर्गत तीनवटा बन्दमुखी योजनाहरू एनआईसी एसिया ग्रोथ फन्ड, एनआईसी एसिया ब्यालेन्स्ड फन्ड र एनआईसी एसिया सेलेक्ट–३० (इन्डेक्स फन्ड) तथा एउटा खुलामुखी योजना एनआईसी एसिया डाइनामिक डेप्ट फन्ड सञ्चालन गरिरहेको छ । एनआईसी एसिया ग्रोथ फन्ड तथा एनआईसी एसिया ब्यालेन्सड फन्डले सञ्चालनमा आएको पहिलो वर्षदेखि नै नगद प्रतिफल वितरण गर्न सफल भएको छ । ग्रोथ फण्डले पहिलो वर्ष १० प्रतिशत, दोस्रो वर्ष १२ प्रतिशत र तेस्रो वर्ष ३० प्रतिशत गरी हालसम्म ५२ प्रतिशत प्रतिफल वितरण गरिसकेको छ भने ब्यालेन्स्ड फन्डले सञ्चालनमा आएको पहिलो वर्ष ८ प्रतिशत र दोस्रो वर्ष ३० प्रतिशत गरी हालसम्म ३८ प्रतिशत नगद प्रतिफल वितरण गर्न सफल भएको छ ।

पहिलो खुलामुखी योजना एनआईसी एसिया डाइनामिक डेप्ट फन्ड सञ्चालनमा आएको पहिलो वर्षमा नै १० प्रतिशत नगद प्रतिफल वितरण गर्न सफल भएको छ । उक्त प्रतिफल वितरणपश्चात् तथा धितोपत्रको दोस्रो बजार निरन्तर घटेर तल्लो विन्दुमा आइपुग्दाको अवस्थामा समेत हाल एनआईसी एसिया ग्रोथ फन्डको खुद सम्पत्ति मूल्य १३ दशमलव ५५, एनआईसी एसिया ब्यालेन्स्ड फन्डको खुद सम्पत्ति मूल्य १२ दशमलव ७९ रुपैयाँ तथा पहिलो खुलामुखी योजना एनआईसी एसिया डाइनामिक डेप्ट फन्डको खुद सम्पत्ति मूल्य १० दशमलव ८ रुपैयाँ कायम छ ।

तेस्रो बन्दमुखी योजना एनआईसी एसिया सेलेक्ट ३० (इन्डेक्स फन्ड)को खुद सम्पत्ति मूल्य ९ दशमलव ८४ कायम रहेको छ । साथै दुई अर्बको पाँचौँ बन्दमुखी योजना एनआईसी एसिया ग्रोथ फन्ड २ सञ्चालन गर्न स्वीकृतिको लागि नेपाल धितोपत्र बोडमा निवेदन पेस गरिएको छ । पछिल्लो समयमा धितोपत्रको दोस्रो बजार घटेर तल्लो विन्दुमा आइसकेको अवस्थामा म्युचुअल फन्डमार्फत गरिएको लगानीले राम्रो प्रतिफल दिन सक्ने हुँदा धितोपत्र बजारसम्बन्धी ज्ञान नभएका तथा सक्रिय रूपमा सेयर बजारमा समय दिन नसक्ने लगानीकर्ताहरूले म्युचुअल फन्डमा लगानी गरी उचित लाभ सकिने कम्पनीले जानकारी दिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया