Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमाछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस, माछापुच्छ्रे बैंक प्रि–क्वाटर फाइनल प्रवेश

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस, माछापुच्छ्रे बैंक प्रि–क्वाटर फाइनल प्रवेश


 काठमाडौं,  फागुन ६
काठमाडौँंमा जारी माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिताअन्तर्गत मुख्य प्रायोजक माछापुच्छ्रे बैंक प्रि–क्वाटर फाइनलमा प्रवेश गरेको छ । तेस्रो दिनको खेलअन्तर्गत माछापुच्छ्रेले सनराइज बैंकलाई चार विकेटले पराजित गरी प्रि–क्वाटर फाइनलमा प्रवेश गरेको हो । क्वाटर फाइनल प्रवेशको लागि माछापुच्छ्रेले अब मंगलबार प्राइम कमर्सियल बैंकसँग प्रतिस्पर्धा गर्नेछ । काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबारदेखि सञ्चालन भइरहेको माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगितामा फागुन ७ गते बुधबारसम्म चल्ने प्रतियोगितामा मंगलबार प्रि–क्वाटर फाइलन तथा क्वाटर फाइनलका खेलहरू हुनेछन् भने अन्तिम दिन बुधबार सेमीफाइनल तथा फाइनल खेलहरू हुनेछन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया