Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार२१ सय १२ बिन्दुमा खुम्चियो सेयर बजार

२१ सय १२ बिन्दुमा खुम्चियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन सात अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको चौथो कारोबार दिन आज बिहिबार पुन १८ दशमलव २६ अंकले ओरालो लागेर २१ सय १२ दशमलव ४७ बिन्दुमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ८१ अंकले ओरालो लागेर चार सय १० दशमलव ६६ बिन्दुमा खुम्चिएको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २७ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट २१ हजार आठ सय ३३ पटकको कारोबारमा ३५ लाख ६६ हजार आठ सय १९ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा यसदिन कुल सेयर कारोबार रकम एक अर्ब १६ करोड १५ लाख १४ हजार एक सय ६९ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये यसदिन सामुहिक लगानी कोष उपसमुहको सुचक शुन्य दशमलव शुन्य दुई अंकले उकालो लागेर १५ दशहलव चार बिन्दुमा चढेको देखिए पनि बाँकी उपसमुहरुको सुचक भने ओरालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया