सिबिफिन र आईएफसीका प्रतिनिधिबीच सुरक्षित कारोबारका विषयमा छलफल
लघु, घरेलु, साना तथा मझौला उद्यमहरूको क्रेडिट ग्याप करिब ३.६ अर्ब रुपैयाँ रहेको जानकारी
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी/विश्व बैंक)को संयुक्त आयोजनमा सुरक्षित कारोबार र कर्जा विविधिकरण विषयमा काठमाडौंमा कार्यक्रम सम्पन्न भएको छ । नेपालमा निजी क्षेत्र–विशेष गरी घरेलु, लघु, साना तथा मझौला उद्यमहरू जसलाई नेपाली अर्थतन्त्रको आधारस्तम्भ मानिन्छ, वित्तीय साधनको पहुँचमा कठिनाइ हुनुले उनीहरूको विकास एवं विस्तारमा बाधा पुगिरहेको आम गुनासो आइरहेको सन्दर्भमा कर्जा विविधीकरणलाई प्रोत्साहन गर्न एवं वित्तीय पहुँच अभिवृद्धिका लागि सिबिफिन र आईएफसी, (विश्व बैंकको सदस्य संस्था)ले उक्त कार्यक्रमको आयोजना गरिएको जानकारी आयोजक संस्थाले दिएको छ ।
नेपालमा लघु, घरेलु, साना तथा मझौला उद्यमहरूको क्रेडिट ग्याप करिब ३ दशमलव ६ अर्ब रुपैयाँ रहेको विश्व बैंकको तथ्यांकले देखाएको छ । विकास निर्माणको करिब ९८ प्रतिशत हिस्सा ओगटेको र करिब ५७ प्रतिशत श्रमशक्तिलाई रोजगारी प्रदान गरिरहेको यस क्षेत्रको अति महत्वपूर्ण योगदान रहँदारहँदै पनि घरजग्गा धितोको अभावका कारण कर्जा र वित्तीय पहुँचमा समस्या झेल्दै आइरहेका छन् । मूलतः यसै विषयलाई मध्यनजर गर्दै सुरक्षित कारोबार ऐनमा भएका व्यवस्थाहरूको सुधार गर्दै बैंक तथा वित्तीय संस्थालाई कर्जा विविधीकरण गर्न प्रोत्साहन गर्नु र लघु, घरेलु, साना तथा मझौला उद्यमहरूको वित्तीय पहुँचमा सहयोग पु-याउनु उक्त कार्यक्रमको उद्देश्य रहेको थियो ।
‘अहिलेको उन्नत बजारमा चल सम्पत्तिलाई बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्राप्तिका लागि धितोको प्राथमिक आधारको रूपमा प्रयोग गर्ने गरिन्छ’, आईएफसी/विश्व बैंकका नेपालका लागि आवासीय प्रतिनिधि बाबाकर एसफायले बताए । उनले भने, ‘हाल प्रचलित चल धितो सम्पत्तिले वित्तिय एवं आर्थिक विकास र कर्जाको जोखिम एवं कर्जा लागत न्यूनीकरण गर्नुका साथै लघु, घरेलु, साना तथा मझौला उद्यमहरू (एमएसएमई)हरूको वित्तीय पहुँच बढाउन मदत पु-याउँछ ।’
सिबिफिनका अध्यक्ष पवन कुमार गोल्यानले भने, ‘चल धितो सम्पत्तिको अवधारणाले लघु, साना तथा मझौला उद्यमी तथा व्यवसायी, कृषि व्यवसायी कारोबारी एवं पूर्वाधार विकास कम्पनीहरूको वित्तीय पहुँचसहित विकास एवं विस्तारमा महत्वपूर्ण सहयोग गर्नेछ ।’ उनले लघु, घरेलु, साना तथा मझौला उद्यम (एमएसएमई) र संस्थागत क्षेत्रको वित्तीय पहुँच बढाउन एवं वित्तीय समावेशीकरण र आयात प्रतिस्थापनको बृहत् उद्देश्य प्राप्त गर्न देशका सम्पूर्ण सरोकारवाला निकायले एकजुट भएर चल धितो सम्पत्तिको अवधारणालाई प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गरे ।
अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी/विश्व बैंक)का विषयविज्ञहरूले सुरक्षित कारोबार र वित्तीय पहुँच विस्तारका व्यावसायिक उदाहरणहरू प्रस्तुत गर्दै, नेपालमा धितो दर्ताको भूमिका र सुरक्षित कारोबार तथा वित्तीय पहुँचलाई अझ प्रभावकारी र सुदृढ बनाउन के गर्न सकिन्छ भन्ने विषयमा कार्यपत्रहरू प्रस्तुत गरेका थिए । विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट सहभागिता जनाएका प्रतिनिधिहरूले नेपालमा सुरक्षित कारोबार, चल धितो सम्पत्ति र वित्तीय पहुँच अभिवृद्धिका विषयमा थप जानकारी दिएको र कार्यक्रमले सकारात्मक प्रभाव पार्ने बताएका थिए ।
कार्यक्रममा आईएफसीका उच्च अधिकारी तथा विज्ञ, सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूका अध्यक्ष तथा सञ्चालक, बैंक तथा वित्तीय संस्थाका सम्बन्धित उच्च अधिकारीहरू, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि र कानुनी विज्ञहरूको सहभागिता रहेको थियो ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- खशोग्गीका पूर्ववकिल युएईमा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर
- श्रीलंकाका भगौडा पूर्वराष्ट्रपति राजापाक्षे थाइल्यान्ड पुगे
- स्वतन्त्र व्यापार सम्झौताका लागि भारत र बेलायतबीच पाँचौँ चरणको वार्ता
- अलिबाबाले बर्खास्त ग-यो दश हजार कर्मचारी
- इन्डोनेसियाले १० लाख नरिवलको बिरुवा रोप्ने
- माकुरा पनि मान्छेझैँ निदाउँछन् !
- नेसनल लाइफको एनुअल बिजनेस लिडर्स कन्क्लेभ सम्पन्न
- रिचेत जलविद्युत्को सेयर बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया