Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकद्वारा मायाघर नेपाललाई आर्थिक सहयोग

सिटिजन्स बैंकद्वारा मायाघर नेपाललाई आर्थिक सहयोग


 काठमाडौं, फागुन ६
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले इटहरीस्थित मायाघर नेपाललार्ई ८० हजार रूपैयाँको आर्थिक सहयोग उपलब्ध गराएको छ । मानसिक स्वास्थ्यमा समस्या भएको तथा सडकमा बेबारिसे भई जीवन र मृत्युको दोसाधमा जीवन बिताइरहेका मानवहरूलाई पुनस्र्थापना गरी सीपमूलक तालिम सञ्चालन गर्दै माया दिने छहारीमा राख्ने तथा पुनर्मिलन गराई जीवन दर्शन तथा आध्यात्मिक ज्ञानको मध्यमबाट समाजलाइ सुसंस्कारतर्फ डो-याँउने उद्देश्यले सञ्चालित मायाघर नेपालको प्राङ्गणमा आयोजित एक समारोहबीच उक्त सहयोग रकम प्रदान गरिएको हो ।

हाल मायाघर नेपालमा विभिन्न उमेर समूहका असमर्थ असक्त, अपाङ्ग र मानसिक सन्तुलन गुमेर सडकमा आएका ५४ जनालाई उद्धार गरी मायाघर नेपालमा ल्याई औषधि उपचारसहितको गाँस, बासको व्यवस्था गर्दै आइरहेको छ । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदिजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने कुरा जानकारी गराए । बैंकले हाल देशैभरि फैलिएका आफ्ना ८९ वटा शाखा, ९० वटा एटीएम र एक सय तीनवटा शाखारहित बैंकिङ इकाइहरूबाट करिब पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

ग्राहकवर्गहरूलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरू, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिनेजस्ता सुविधाहरू पनि उपलब्ध गराउँदै आएको छ । सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगीकार गर्दै यस बैंकले ग्राहकवर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्तरूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरूसमेत सञ्चालनमा ल्याएको छ ।

अन्तर्राष्ट्रिय कार्डप्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिनमार्फत सामान वा सुविधा खरीद गर्दा २० प्रतिशतसम्म क्यास ब्याक (नगद फिर्ता) हुने योजना सञ्चालनमा रहेको छ । यसैबीच बैंकले ललिता निवासको कुनै पनि जग्गा धितो नरहेको जानकारी दिएको छ । बैंकले विज्ञप्ति जारी गर्दे बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नाम जोडेर केही सञ्चार माध्यमद्वारा सम्प्रेषित समाचारप्रति बैंकको ध्यानाकर्षण गराएको छ । बैंकले ललिता निवासको कुनै जग्गा धितो राखेर कर्जा प्रवाह नगरेको बैंकले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया