Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार३३ अंंकले ओरालो लाग्दा एक अर्ब ३० करोडको सेयर खरिद बिक्री

३३ अंंकले ओरालो लाग्दा एक अर्ब ३० करोडको सेयर खरिद बिक्री


काठमाडौै । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन १८ दशमलव २६ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि ३३ दशमलव ७६ अंकले ओरालो लागेर दुई हजार ७८ दशमलव ७० बिन्दुमा झरेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव १८ अंकले ओरालो लागेर चार सय तीन दशमलव ४८ बिन्दुमा झरेको छ ।

यसदिन १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २६ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । सो अनुसार २६ हजार छ सय ९३ पटकको कारोबारमा ३८ लाख ४८ हजार पाँच सय आठ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल सेयर कारोबार रकम एक अर्ब तीन करोड ७३ लाख ५९ हजार पाँच सय ४१ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएकोमा सबै उपसमुहरुको सुचक ओरालो लागेर सेयर बजार पुरै रातो भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया