एनआईसी एसिया फ्लेक्सी क्याप फन्डको आईपीओ दोस्रो दिनमा नै ७२ प्रतिशत इकाइ बिक्री
काठमाडौं । एनआईसी एसिया फ्लेक्सी क्याप फन्डको प्रतिइकाइ मूल्य १० रुपैयाँ अंकित दरको १० करोड इकाइ यही जेठ १९ गतेदेखि यही जेठ २४ गतेसम्म निष्काशन तथा बिक्री खुला गरिएकोमा निष्काशन तथा बिक्री खुला भएको दोस्रो दिनको साँझ ६ बजेसम्म कुल निष्काशन गरेको इकाइको ७२ प्रतिशत इकाइ बिक्री भइसकेको कम्पनीले जानकारी दिएको छ ।
एनआईसी एसिया फ्लेक्सी क्याप फन्डको आईपीओमा साँझ छ बजेसम्म ४० हजार चार सय ३८ आवेदकबाट ७२ करोडभन्दा बढी इकाइ खरिदको लागि आवेदन परेको छ । उक्त आईपीओ बन्द हुने मिति यही जेठ २४ रहेको हुँदा उक्त म्युचुअल फण्डमा लगानी गर्न चाहने लगानीकर्ताहरूले यही मिति २०७९ जेठ, २४ गतेभित्र इकाइ खरिदको लागि निवेदन दिनु हुन कम्पनीले आग्रह गरेको छ ।
एनआईसी एसिया क्यापिटल योजना व्यवस्थापक रहेको एनआईसी एसिया फ्लेक्सी क्याप फन्ड सात वर्ष अवधि रहेको चौथो बन्दमुखी योजना हो । योजनामा संकलित अधिकांश रकम धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीहरूमा लगानी गरिनेछ । उक्त योजनाको प्रमुख विशेषता भनेको योजनामा संकलित रकम सूचीकृत कम्पनीहरूमा लगानी गर्दा सूचीकृत कम्पनीहरूलाई स्मल क्याप, मिड क्याप तथा लार्ज क्याप गरी तीन समूहमा वर्गीकरण गरी जुन क्यापभित्र रहेका कम्पनीहरूबाट भविष्यमा राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ सोही समूहअन्तर्गतका कम्पनीहरूमा लगानी गरिन्छ ।
उक्त योजनाको न्यूनतम एक सय इकाइ र अधिकतम एक करोड इकाइसम्मको लागि खरिद आवेदन दिन सकिन्छ भने इकाइ खरिदको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त गरी सि–आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूको शाखा कार्यालय र सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको ‘मेरो सेयर’ सफ्टवेयरमार्फत आवेदन दिनु पर्नेछ ।
उक्त फण्डमा लगानी गर्ने इकाइधनीहरूलाई योजनाको अवधिभरमा एक सय ३६ प्रतिशतभन्दा बढी प्रतिफल वितरण गरिने प्रक्षेपण गरिएको छ । इकाइ खरिदका लागि नेपाली नागरिक, गैरआवासीय नेपालीको प्रमाणपत्र (परिचयपत्र) जारी भएका व्यक्ति, प्रचलित कानुनबमोजिम दर्ता भएका नेपाली फर्म, संघ संस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोषहरू जस्तैः सञ्चय कोष, कल्याणकारी कोष, गुठी, अक्षय कोष आदिले इकाइ खरिद गर्न आवेदन दिन सक्नेछन् ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- खशोग्गीका पूर्ववकिल युएईमा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर
- श्रीलंकाका भगौडा पूर्वराष्ट्रपति राजापाक्षे थाइल्यान्ड पुगे
- स्वतन्त्र व्यापार सम्झौताका लागि भारत र बेलायतबीच पाँचौँ चरणको वार्ता
- अलिबाबाले बर्खास्त ग-यो दश हजार कर्मचारी
- इन्डोनेसियाले १० लाख नरिवलको बिरुवा रोप्ने
- माकुरा पनि मान्छेझैँ निदाउँछन् !
- नेसनल लाइफको एनुअल बिजनेस लिडर्स कन्क्लेभ सम्पन्न
- रिचेत जलविद्युत्को सेयर बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया