Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेरो माइक्रोफाइनान्स र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता

मेरो माइक्रोफाइनान्स र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता


काठमाडौं । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सम्झौता भएको छ । यी दुवै संस्थाबीच सौर्य पम्प सिँचाइ (सोलार वाटर पम्प) परियोजनाहरू निर्माण सम्बन्धमा सम्झौता भएको हो । सोमबार भएको उक्त सम्झौतापत्रमा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहाल तथा नेपाल सरकार तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारीले हस्ताक्षर गरेका छन् । सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा दुवैतर्फका अन्य पदाधिकारी एवं कर्मचारीहरूको उपस्थिति रहेका थियो ।

मधेश प्रदेशका ८ जिल्लाका कृषकहरू लाभान्वित हुने सोलार पम्प परियोजना कार्यान्वयनको लागि विनरक इन्टरनेसनल नेपालको प्राविधिक सहयोग रहनेछ । उक्त परियोजनामार्फत व्यावसायिक कृषकहरूको वित्तीय पहुँच तथा लघु उद्यमशीलता र क्षमताको विकास हुनुको साथै कृषि उत्पादकत्वमा समेत वृद्धि हुने विश्वास संस्थाले लिएको छ । संस्थाले मुलुकभर बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले ६४ जिल्लामा १५ अनुगमन कार्यालय तथा एक सय ५० वटा शाखा कार्यालयमार्फत एक लाख ८० हजारभन्दा बढी घरपरिवारलाई लघुवित्त सेवा प्रवाह गरिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया