Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजाररिलायन्स लाइफ इन्स्योरेन्सको ‘पुनः बीमालेख पुनर्जागरण अभियान’

रिलायन्स लाइफ इन्स्योरेन्सको ‘पुनः बीमालेख पुनर्जागरण अभियान’


काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा ग्राहकवर्गको अनुरोधलाई मध्यनजर गरी पुनः पुनर्जागरण अभियान सञ्चालन गरेको छ । पुनर्जागरण अभियानअन्तर्गत कम्पनीबाट जारी भएका बीमालेखहरू नवीकरण नगरी व्यतित भएका बीमालेखको हकमा शतप्रतिशत विलम्ब शुल्क छुट गर्ने व्यवस्था गरिएको छ ।

यो योजना दुई वर्ष वा सोभन्दा कम समय व्यतित भएका बीमालेखमा मात्र लागू हुनेछ । यसका साथसाथै, बीमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुविधा प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । उक्त पुनर्जागरण अभियान यही २०७९ साल जेठ २० गतेदेखि असार १५ गतेसम्म सञ्चालन हुनेछ र आफ्नो व्यतित भइसकेका बीमालेखहरू विलम्ब शुल्कविना नै नवीकरण गरी आफ्ना ग्राहकहरूलाई सुनौलो मौकाको फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ । साथै, बीमालेख पुनर्जागरण गर्दा स्वास्थ्य परीक्षण गर्नुपरेमा मेडिकल फी कम्पनीले व्यहोर्ने छ ।

हरेक नेपालीलाई बीमाको दायराभित्र ल्याई उनीहरू र उनीहरूसँग आश्रित परिवारको आर्थिक सुरक्षाको लागि जीवन बीमा अनिवार्य रहेको छ । अतः यसै कुरालाई मध्यनजर गरी रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहक वर्गको जीवन सुरक्षाको महत्वलाई मध्यनजर गरी बीमालेख पुनर्जागरण अभियान सञ्चालन गरेको कम्पनीले जानकारी दिएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया