Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्राइम लाइफ इन्स्योरेन्स १५औं वर्षमा

प्राइम लाइफ इन्स्योरेन्स १५औं वर्षमा

देशभर एक सय ५५ भन्दा बढी स्थानमा शाखा सञ्जाल


काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स १४औँ वर्ष पूरा गरी १५ वर्षमा प्रवेश गरेको छ । विसं २०६५ जेठ २२ गतेदेखि सञ्चालनमा आएको कम्पनीले जीवन बीमा क्षेत्रमा आफ्नो विशेष पहिचान स्थापित गरेको छ । सबल सुरुवातसँगै सबल संरचनायुक्त व्यावसायिक स्वरूप तथा संस्थागत सुशासन प्रणाली अवलम्बन गरी नेपालको उत्कृष्ट जीवन बीमा कम्पनीको रूपमा आफ्नो परिचय दिन कम्पनी सफल भएको छ । कम्पनीको सफलताले हामी हर्षित छौँ । साथै आगामी दिनहरूमा अझ उत्कृष्ट जीवन बीमा सेवा प्रदान गर्ने हौसला प्राप्त भएको छ । र भविष्यमा थप बढी उत्तरदायी तथा व्यावसायिक भई जीवन बीमा व्यवसायलाई पारदर्शी बनाई देश विकासको महान् कार्यमा योगदान गर्न कम्पनी सक्षम हुने विश्वास गरेका छौँ, कम्पनीले विज्ञप्तिमार्फत भनेको छ ।

बीमितहरूको समयसापेक्ष परिवर्तित उच्चस्तरको सेवा प्राप्त गर्ने चाहना तथा आवश्यकतालाई प्राथमिकता दिँदै आइरहेको कम्पनीले प्रत्येक वर्षजसो नवीनतम तथा बीमा क्षेत्रमा नै पृथक खालको आकर्षक बीमा योजनाहरू ल्याउन सफल भएको कम्पनीले जनाएको छ । हाल कम्पनीले १७ प्रकारका बीमा योजना बजारमा उपलब्ध गराएकोमा ग्राहकहरूले आवश्यकताका आधारमा जुनसुकै बीमा योजनाअन्तर्गत बीमा गर्न सक्नेछन् ।

जेठ २२ गतेका दिन स्थापना भई सञ्चालन भएको १४ वर्ष पूरा भई १५औँ वर्षमा प्रवेश गर्न लागेको अवसरमा मिति २०७९ साल जेठ २० गतेका दिन कम्पनीबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले सहयोग स्वरूप अति सीमान्तकृत वर्गमा पर्ने सिरहा जिल्ला सखुवा नन्करकट्टी गाउँपालिका वडा नं ०१ (मैवाही) रोवस्थित घर संख्या २८ रहेको मुसहर जातिको समुदायका मुखिया महेन्द्र सदाय, मुखियालाई र सोही गाउँपालिकाका लतियाही मधुवनीस्थित घर संख्या २५ रहेको मुसहर जातिको समुदायका मुखिया उत्तिमलाल सदाय, मुखियालाई दुवै स्थानमा भाँडाकुँडा हस्तान्तरण गरिएको कम्पनीले जानकारी दिएको छ ।

Open photo

कम्पनीले आफ्नो ग्राहकहरूको बीमाशुल्कलगायतको भुक्तानी प्रक्रिया सरलताका लागि समय समयमा अनलाइन सेवाको विस्तार गर्दै आइरहेको छ । हाल कम्पनीका ग्राहकहरूले कनेक्ट आईपीएस तथा एनसीएचएल आईपीएस, इसेवा, फोनपे, खल्तीजस्ता अनलाइन सेवामार्फत समेत इन्टरनेटको माध्यमबाट घरमै बसी बीमाशुल्कलगायतको भुक्तानी गर्नसक्ने छन् भने अन्य सम्बद्ध पक्षहरूले समेत भुक्तानी प्राप्त गर्न कार्यालयमै उपस्थित हुन नपर्ने भएको छ ।

सुरुदेखि नै छिटो, छरितो सहज तथा विश्वसनीय सेवा प्रदान गर्दै आइरहेको प्राइम लाइफले ग्राहकहरूको थप सुविधास्वरूप घरमै बसी सुरक्षितरूपमा भुक्तानीका विविध सेवा सुविधा प्राप्त गर्नसक्ने व्यवस्था मिलाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराइले हालको विषम परिस्थितिमा ग्राहकहरूमा डिजिटल भुक्तानी सुविधा प्रदान गरी प्रभावकारी सेवा दिन अपरिहार्य रहेको जानकारी गराउंदै आगामी दिनमा समेत कम्पनीले ग्राहकहरूमा थप सेवा सुविधा प्रदान गर्दै जानेमा जोड दिने अवगत गराए । ग्राहकमैत्री सेवामा जोड दिँदै आइरहेको यस कम्पनीले यो सेवासँगै ग्राहकहरूको कार्यमा थप सहज भई निजहरूको सन्तुष्टी बढ्ने विश्वास गरेको छ ।

कम्पनीले देशभरमा विभिन्न एक सय ५५ भन्दा बढी स्थानहरूबाट छिटो तथा सहज जीवन बीमा सेवा उपलब्ध गराउँदै आएको छ । अन्त्यमा उत्कृष्ट सेवाको साथ यस प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड उत्कृष्टताको प्रतिबद्धतामा थप निरन्तरता दिँदै नियमनकारी निकाय, लगानीकर्ता, बीमित, अभिकर्ता, कर्मचारी तथा अन्य प्रत्यक्ष तथा अप्रत्यक्ष सरोकारवालाहरूलगायत सम्पूर्ण शुभ चिन्तकहरूमा विशेष कम्पनीले आभार व्यक्त गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया