Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेयर बजार : पहिलो दिन नैै १२ अंकले गिरावट

सेयर बजार : पहिलो दिन नैै १२ अंकले गिरावट


काठमाडौं । सेयर बजारको ओरालो यात्राले साताको सुरुवाती कारोबार दिन नैं निरन्तरता पाएको छ । यसअघि निरन्तर ओरालो लागेको सेयर बजार परिसुचक साताको पहिलो कारोबार दिन आज सोमबार १२ दशमलव ८९ अंकले ओरालो लागेर दुई हजार ६५ दशमलव ८२ बिन्दुमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव १२ अंकले ओरालो लागेर चार सय दशमलव ३६ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २८ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसअन्तर्गत २५ हजार नौं सय आठ पटकको कारोबारमा ४४ लाख नौं हजार छ सय ९१ कित्ता सेयर खरिद भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल सेयर कारोबार रकम एक अर्ब २७ करोड ३३ लाख ८५ हजार दुई सय २७ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये छ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने सात वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया