ज्योति विकास बैंकको विस्तारित काउन्टर जहरसिंपौवामा
काठमाडौं । ज्योति विकास बैंकले सोमबार बैंकको साँखु शाखाअन्तर्गतको जहरसिंपौवा विस्तारित काउन्टरको औपचारिक उद्घाटन गरेको छ । बैंकको सञ्जाल थप सुदृढ गर्ने क्रममा बैंकले काठमाडौंमा नयाँ विस्तारित काउन्टरको औपचारिक सुरुवात गरेको हो ।
जहरसिंपौवा विस्तारित काउन्टरको समुद्घाटन शंखारापुर नगरपालिका वडा नं.०३ का वडा अध्यक्ष सुर्य बहादुर तामाङ र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रूपमा गरेका थिए । उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट लगायत विभिन्न पदाधिकारी र कर्मचारीहरू, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरूको पनि उपस्थिति रहेको थियो ।
विस्तारित काउन्टर उद्घाटनको अवसरमा बैंकले जहरसिंपौवा विस्तारित काउन्टरका ग्राहकहरूको निमित्त शून्य मौज्दातमै क्यूआर कोड, निःशुल्क डलर कार्ड जारी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरोसेयर रजिस्ट्रेसन, निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाइल बैंकिङ सेवा, निःशुल्क इन्टरनेट बैंकिङ सेवा, सबै मुद्दती निक्षेपहरूमा मासिक ब्याज भुक्तानी, कर्जा सेवा शुल्कमा शून्य दशमलव २५ प्रतिशत छुटलगायत विभिन्न सुविधाहरू प्रदान गर्ने भएको छ । बैंकले हाल एक सय १७ वटा शाखा कार्यालय, तीनवटा विस्तारित काउन्टर तथा ६४ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- १७ दशमलव ६८ बिन्दुले ओर्लियो सेयर बजार
- इन्धनको उच्च मूल्यवृद्धिपछि बंगलादेशमा देशव्यापी विरोध प्रदर्शन
- अवतरणको ४५ मिनेटसम्म पनि स्पाइसजेटको बस नआएपछि..
- क्युबाको तेल भण्डारणमा चट्याङ पर्दा ८० जना घाइते, १७ अग्निनियन्त्रक बेपत्ता
- अफगानिस्तानको जाज्जान प्रान्तमा हैजा प्रकोपबाट कम्तीमा १२ जनाको मृत्यु
- तरलता अभावका बीचमा पनि सिद्धार्थ बैंकको सन्तोषजनक प्रगति
- ‘सिटिजन्स चिरायु’ मुद्दती योजना तथा रेमिट्यान्स चिरायु मुद्दती योजना सञ्चालनमा
- महालक्ष्मी विकास बैंकको नाफामा उछाल
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया