Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारयुनाइटेड इन्स्योरेन्सको २८औँ वार्षिक साधारणसभा

युनाइटेड इन्स्योरेन्सको २८औँ वार्षिक साधारणसभा


काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले २८औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीको सोमबार अनमोल ब्याङ्क्वेट, शंखमूल काठमाडौंमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

सभामा सञ्चालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७।७८ को लेखापरीक्षण प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको २०७८ साल असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू पारित गरिएको कम्पनीले जानकारी दिएको छ । आर्थिक वर्ष २०७८–०७९ का लागि बाह्य लेखापरीक्षक श्री एमजीएस एसोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ । कम्पनीको सञ्चालक समितिमा संस्थापक सेयरधनी समूह (क) तर्फबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकहरूको र सर्वसाधारण सेयरधनी समूह (ख) तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकहरूको निर्वाचनमार्फत चयन गरिएको जानकारी पनि कम्पनीले दिएको छ ।

कम्पनीको चुक्ता पुँजी दुई अर्ब ५० करोड रुपैयाँ पु-याउन कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी निर्णय गर्न तथा तत्सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न, चलअचल सम्पत्ति र दायित्व मूल्यांकन गर्नको लागि मान्यता प्राप्त मूल्यांनकर्ता नियुक्त गर्न, निजको पारिश्रमिक तोक्नलगायतका मर्जरसम्बन्धी सम्पूर्ण अन्य आवश्यक प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिएको कम्पनीले जनाएको छ ।

कम्पनी गत आव २०७६–०७७ को तुलनामा यस आव २०७७–०७८ मा बीमाशुल्क आर्जन ५८ प्रतिशतले वृद्धि भई एक अर्ब १० करोड ३३ लाख दुई हजार सात सय ६९ रुपैयाँँ गर्न सफल भएको छ । त्यसैगरी गत आव २०७६–०७७ को तुलनामा यस आव २०७७–०७८ मा कम्पनीको नाफामा पाँच सय प्रतिशतभन्दा बढिले वृद्धि भई १० करोड ५२ लाख ९८ हजार आठ सय ८७ रुपैयाँँ पुगेको छ । साथै आव २०७७–०७८ को तेस्रो त्रैमासिक अवधिसम्मको तुलनामा आव २०७८–०७९ को सोही अवधिसम्ममा कम्पनीको कुल बीमाशुल्क आर्जन ३८ प्रतिशतभन्दा बढीले वृद्धि भई एक अर्ब २५ करोड ५१ लाख १८ हजार ७० रुपैयाँ कायम भएको छ । त्यसैगरी सोही अवधिमा खुद नाफा आर्जन ९८ प्रतिशतभन्दा बढीले वृद्धि भएको तथा प्रतिसेयर आय मा ९८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

कम्पनी बीमाशुल्क आर्जनका हिसाबले स्थापना कालदेखि पहिलो पटक एक अर्ब क्लबमा प्रवेश गरेको छ साथै, यस आव २०७७–०७८ को प्रगतिको मूल्यांकनबमोजिम भारतको कलकत्तामा ३० अप्रिल २०२२ मा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरेकोे एसियास्तरको थर्ड इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२१ मा नेपालबाट निर्जीवन बीमा क्षेत्रमा दिएका महत्वपूर्ण योगदानका लागि बेस्ट जनरल इन्स्योरेन्स कम्पनी अफ दि एयर अवार्डबाट समेत सम्मानित भएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया