Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारमाछापुच्छ्रे बैंकद्वारा ‘विश्व वातावरण दिवस २०२२’को उपलक्ष्यमा वृक्षरोपण

माछापुच्छ्रे बैंकद्वारा ‘विश्व वातावरण दिवस २०२२’को उपलक्ष्यमा वृक्षरोपण


काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले विश्व वातावरण दिवस २०२२ को उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यही जेठ २२ चन्द्रागिरि नगरपालिका वडा नं. ०३ स्थित सेतीदेवी, दुमाल डाँडा, जेसिज वनमा वृक्षरोपण गरेको छ । बैंकले सफा, सुन्दर र हरितमय वातावरण बनाउन जेसिज थानकोट र लुम्बिनी वर्ल्ड पिस फोरमसँगको सहकार्यमा दश लाख वृक्षरोपण अभियानअन्तर्गत विश्व वातावरण दिवसको अवसरमा उक्त वृक्षरोपण कार्यक्रममा सहभागी भएको हो ।

बैंकले विशुद्ध बैंकिङ सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि विभिन्न संघ सस्थाहरूलाई सहयोग गर्दै आएको थियो । त्यस्तै बैंकले विभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरूमा पनि सरकारलाई सहयोग गर्दै आएको छ । बैंकले हाल देशका सातवटै प्रदेशमा एक सय ६५ वटा शाखा, आठवटा एक्सटेन्सन काउन्टर, एक सय ६६ शाखारहित बैंकिङ सेवा, दुई सय पाँचवटा एटीएममार्फत १३ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया