मेगा बैंकद्वारा ‘सफा धरान, स्वस्थ धरान’ अभियानमा सहयोग
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले धरान उपमहानरपालिकाले सञ्चालन गरेको ‘सफा धरान, स्वस्थ धरान’ अभियानमा सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई १० वटा डस्टबिन हस्तान्तरण गरेको हो ।
धरानको भानुचोकमा गरिएको कार्यक्रममा धरान उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष रमेश राई, मेगा बैंकका प्रदेश नम्बर १ का प्रमुख विवेकबन्धु न्यौपाने तथा धरान शाखाका प्रबन्धक सविन श्रेष्ठलगायतको सहभागिता थियो ।
कार्यक्रममा धरान उपमहानगरपालिकाका नवनिर्वाचत मेयर राईले ‘सफा धरान, स्वस्थ धरान’ अभियानमा साथ दिएकोमा खुसी व्यक्त गर्दै मेगा बैंकलाई धन्यवाद दिए । मेयर राईले आगामी दिनमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्य र वित्तीय साक्षरतामा मेगा बैंकसँग सहकार्य गर्ने बताए । मेगा बैंकबाट हस्तान्तरण गरिएका डस्टबिनहरू भानुचोक वरपर राखिने भएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- विचारः गणतन्त्रका १५ वर्षले आएको परिवर्तन
- आज कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने
- माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु
- दाहाल र भट्टराईविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
- नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखियो : अध्यक्ष नेपाल
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया