श्वेतगंगा हाइड्रोपावरको साधारण सेयरको बिक्री खुला
काठमाडौं । श्वेतगंगा हाइड्रोपावर कम्पनीको साधारण सेयरको बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र रामेछाप जिल्लासहितका आसपासका क्षेत्रहरूको लागि एक सय रुपैयाँँ अंकित मूल्य कायम रहने गरी १५ करोड ९३ लाख रुपैयाँँबराबरको १५ लाख ९३ हजार कित्ता साधारण सेयरको बिक्रीकार्य खुला गरेको हो ।
कम्पनीका अनुसार जारी पुँजी एक अर्ब ५९ करोड ३० लाख रूपैयाँँमध्येबाट सर्वसाधारणको लागि छुट्याएको २५ प्रतिशतमध्येबाट १० प्रतिशत आयोजना प्रभावित क्षेत्रका जनताको साधारण सेयर जारी गरिएको हो । बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडमार्फत यही जेठ २३ गते अर्थात् सोमबारबाट खुला भएको साधारण सेयरको बिक्रीकार्य छिटोमा असार ६ गते र ढिलोमा असार २१ गते बन्द हुनेछ ।
कम्पनीका अनुसार खरिदकर्ताहरूले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- खशोग्गीका पूर्ववकिल युएईमा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर
- श्रीलंकाका भगौडा पूर्वराष्ट्रपति राजापाक्षे थाइल्यान्ड पुगे
- स्वतन्त्र व्यापार सम्झौताका लागि भारत र बेलायतबीच पाँचौँ चरणको वार्ता
- अलिबाबाले बर्खास्त ग-यो दश हजार कर्मचारी
- इन्डोनेसियाले १० लाख नरिवलको बिरुवा रोप्ने
- माकुरा पनि मान्छेझैँ निदाउँछन् !
- नेसनल लाइफको एनुअल बिजनेस लिडर्स कन्क्लेभ सम्पन्न
- रिचेत जलविद्युत्को सेयर बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया