Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारकुमारी बैंक र अन्नपूर्ण केबलकारबीच सम्झौता

कुमारी बैंक र अन्नपूर्ण केबलकारबीच सम्झौता


काठमाडौं । कुमारी बैंक लिमिटेड र पोखरास्थित अन्नपूर्ण केबलकार प्रालिबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई अन्नपूर्ण केबलकारबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । यस सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरूले सो संस्थाबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट कार्ड वा पसबाट भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । सो सम्झौतापत्रमा कुमारी बैंकका गण्डकी प्रदेशका प्रमुख नवीन राज पौडेलले तथा अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरेका हुन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी एक सय ९७ वटा शाखा सञ्जाल, एक सय ८६ वटा एटीएम, ४२ शाखारहित बैंकिङ इकाइ तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू दिँदै आएकोे र आगामी दिनहरूमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ । 


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया