Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंक र काठमाडौं महानगरपालिकाबीच सम्झौता

नबिल बैंक र काठमाडौं महानगरपालिकाबीच सम्झौता


काठमाडौं । नबिल बैंक र काठमाडौं महानगरपालिकाबीच सम्झौता भएको छ । बैैंकले आफ्नो केन्द्रीय कार्यालयसहित १७ वटा शाखाका शौचालयहरूलाई सार्वजनिकरूपमा प्रयोग गर्न दिने विषयमा काठमाडौं महानगरपालिकासँग सम्झौता गरेको हो ।

बैंक र महानगरबीच बुधबार बैंकको दरबारमार्गस्थित केन्द्रीय कार्यालयसहितका १७ वटा शाखाका शौचालयहरूलाई सार्वजनिकरूपमा प्रयोग गर्न दिने विषयमा सम्झौता गरेको हो । सम्झौताअनुसार शौचालय प्रयोग गर्न दिएबापत बैंकले कुनै पनि किसिमको शुल्क लिन पाउने छैन । तर शौचालयको नियमित सरसफाइ, मर्मत र पानीको व्यवस्था पनि बैंकले स्वयमले गर्नुपर्नेछ । बैंकको अनुसार यो सम्झौता आगामी पाँच वर्षसम्मको लागि कायम रहने छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया