Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुमारी बैंक र सुप्रिम डेन्टल केयरबीच सम्झौता

कुमारी बैंक र सुप्रिम डेन्टल केयरबीच सम्झौता


काठमाडौं । कुमारी बैंक लिमिटेड र काभ्रे, बनेपास्थित सुप्रिम डेन्टल केयरबीच कुमारी बैंकका ग्राहकहरूलाई सुप्रिम डेन्टल केयरबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरूले सो डेन्टल केयरबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा सामान्य दन्त सेवामा १५ प्रतिशत, ओर्थोदोंतीक्समा १० प्रतिशत, पेदोदोंतिक्समा १५ प्रतिशत, प्रोसथोदोंतिक्समा १५ प्रतिशत, एन्डोदोंतिक्समा १५ प्रतिशत र डेन्टल इम्प्लान्ट्समा १० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट स्थानीय सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सक्नेमा बैंक विश्वस्त रहेको छ ।

बैंकले आफ्ना देशव्यापी एक सय ९७ वटा शाखा सञ्जाल, एक सय ८६ वटा एटीएम, ४२ शाखारहित बैंकिङ इकाइ तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू दिँदै आएकोे र आगामी दिनहरूमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया