Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारग्लोबल आईएमई बैंकले नयाँ कर्पोरेट कार्यालय भवन बनाउँदै

ग्लोबल आईएमई बैंकले नयाँ कर्पोरेट कार्यालय भवन बनाउँदै


काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले काठमाडौंको लाजिम्पाटस्थित उत्तरढोकामा रहेको आफ्नै जग्गामा अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय भवन निर्माण गर्ने भएको छ । उक्त भवन निर्माणका लागि डिजाइज बनाउने सम्झौता समेत गरेको छ । बैंकले नयाँ कर्पोरेट कार्यालय भवनको आर्किटेक्चुएल, मेकानिकल, विद्युतीय इन्जिनियरिङलगायत दिगो डिजाइजका लागि डिल्लीबजारस्थित आर्किप्लान एसबीटी प्रालिसँग सम्झौता गरेको छ । उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आर्किप्लान एसबीटी प्रालिका प्रमुख आर्किटेक्ट संजय बहादुर थापाबीच हस्ताक्षर भएको हो ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले ७६ जिल्लामा बैंकको दुई सय ८८ वटा शाखा, दुई सय ६० वटा एटीएम, दुई सय ७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब आठ सय ७५ सेवा केन्द्रबाट २९ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया