Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारयुनाइटेड इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठद्वारा पद तथा गोपनीयताको शपथ

युनाइटेड इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठद्वारा पद तथा गोपनीयताको शपथ


काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडका अध्यक्ष रविभक्त श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । यही जेठ २३ गते बसेको कम्पनीको २८औँ वार्षिक साधारणसभामा भएको निर्वाचनबाट सञ्चालक समितिमा निर्विरोध निर्वाचित भएका सदस्यहरूबाट सञ्चालक समितिको अध्यक्ष पदका लागि श्रेष्ठलाई चुनिएको थियो ।

बीमकको संस्थागत सुशासन निर्देशिका २०७५, को दफा ३ को उपदफा (४) बमोजिम यही जेठ २६ गते अध्यक्ष श्रेष्ठले बीमा समितिको अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष अनुसूची १ बमोजिमको ढाँचामा पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् । सोपश्चात् कम्पनीको केन्द्रीय कार्यलयमा बसेको सञ्चालक समितिको बैठकमा अन्य सञ्चालकहरूले अध्यक्ष श्रेष्ठ समक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया