Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारअजोड इन्स्योरेन्स र बटेश्वर गाउँपालिकाबीच सम्झौता

अजोड इन्स्योरेन्स र बटेश्वर गाउँपालिकाबीच सम्झौता


काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड र बटेश्वर गाउँपालिकाबीच सम्झौता भएको छ । सम्झौतामा अजोड इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र बटेश्वर गाउँपालिका कार्यालय, बटेश्वर, धनुषाको तर्फबाट गाउँपालिका अध्यक्षराम अषिश महतोले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार सरकारको बीमा नीतिअनुरूप स्थानीय निकायसँग सहकार्य गरी बीमाको पहुँच ग्रामीणस्तरसम्म पु-याउने र बीमा व्यवसायलाई सरल र प्रभावकारी बनाइ बीमा व्यवसायको क्षेत्रको विकास र विस्तार गर्न बीमा व्यवसायको सेवा दिने तथा लिइने सम्झौतामा उल्लेख छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया