Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंक र भक्तपुर उद्योग वाणिज्य संघबीच अन्तरक्रिया

नबिल बैंक र भक्तपुर उद्योग वाणिज्य संघबीच अन्तरक्रिया


काठमाडौं, फागुन ७
नबिल बैंक लिमिटेड र भक्तपुर उद्योग वाणिज्य संघबीच अन्तरक्रिया भएको छ । मंगलबार वाणिज्य संघको कार्यालयमा भक्तपुर जिल्लाका उद्योग तथा व्यवसाय प्रवर्द्धन विषयक एक अन्तरक्रिया कार्यक्रमको आयोजना भएको हो । सोही कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठबीच, बैक र संघका सदस्यहरूलाई, व्यवसाय प्रवर्द्धन तथा बैकिड सेवा सुलभ तवरबाट उपलब्ध गराउनेसम्बन्धी सम्झौतासमेत भएको छ । सो कार्यक्रममा संघका पदाधिकारी तथा व्यवसायी सदस्यहरूबाट राखेका बैंक सेवा सुविधासम्बन्धी जिज्ञासाउपर बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले प्रत्युत्तर दिएका थिए ।

सम्झौतासँगै नबिल बैंकले भक्तपुर उद्योग वाणिज्य संघका सदस्यका साथ साथै देशभरका व्यवसाय र उद्योग क्षेत्रको प्रवर्द्धन र संरक्षणको लागि बैंकले सदा सहयोग गर्ने कुरा शाहले जानकारी गराउनु भयो । सो समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने बैंकले भक्तपुर तथा देशभर रहेका व्यवसाय र उद्योग क्षेत्रलाई संरक्षण र उन्नतिको लागि नबिल बैंक तत्पर रहनेछ । व्यवसाय र उद्योग क्षेत्रको विकासका लागि भक्तपुर उद्योग वाणिज्य संघसँग सहकार्य गर्न पाउँदा हामी निकै खुशी छौँ । यो सहकार्यले उद्योग वाणिज्य क्षेत्रमा आबद्ध भएका व्यवसायहरूलाई लाभ हुने विश्वास हामीले लिएका छौँ ।

भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठले भने भक्तपुर उद्योग वाणिज्य संघले नबिल बैंकसँग सम्झौता गरी भक्तपुरका व्यवसाय र उद्योग क्षेत्रको प्रवर्द्धन गर्न बैंकको साथ पाउँदा निकै खुशी लागेको छ । निजी क्षेत्रको तर्फबाट यस्तो सहकार्य गर्न आरम्भ भएकोमा हामी हतोत्साहित भएका छौँ र बैंकलाई धन्यवादसमेत ज्ञापन गर्दछौँ । बैंकले हाल एक सय १४ वटा शाखाहरू, एक सय ६६ वटा एटीएमहरूको विशाल संरचना र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरूका साथमा देशव्यापीरूपमा र विश्वभर धेरै एजेन्टहरूमार्फत सेवा प्रदान गरेर आफ्ना सबै स्टेक होल्डरहरूसँगैअघि बढ्ने विश्वास राखेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया