Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमन्दाकिनी हाइड्रोले पाँच करोड ८८ लाख रुपैयाँको आईपीओ जारी गर्ने

मन्दाकिनी हाइड्रोले पाँच करोड ८८ लाख रुपैयाँको आईपीओ जारी गर्ने


काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले पाँच करोड ८८ लाख तीन हजार सात सय रुपैयाँबराबरको साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको जारी पुँजी ५८ करोड ८० लाख ३६ हजार नौ सय रुपैयाँमध्येबाट १० प्रतिशतको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी पाँच लाख ८८ हजार ३७ कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीका अनुसार यो सेयर आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको माछापुच्छे«े गाउँपालिका वडा नं २, ३, ४ र ६ का स्थानीयवासीको लागि खुल्ला गरिएको हो । बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य यही असार एक गतेबाट सुरु भई छिटोमा असार १५ गते र ढिलोमा असार ३० गते बन्द हुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया