Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुमारी बैंक र होटेल सेन्ट्रल प्लाजाबीच सम्झौता

कुमारी बैंक र होटेल सेन्ट्रल प्लाजाबीच सम्झौता


काठमाडौं । कुमारी बैंक र होटेल सेन्ट्रल प्लाजाबीच सम्झौता भएको छ । बैकले बाँके कोहलपुरस्थित होटेल सेन्ट्रल प्लाजाबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई होटेल सेन्ट्रल प्लाजाबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको हो । सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरूले सो होटेलबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट गर्दा होटेलको फुड एन्ड बेभरेज र रुम शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ ।

बैंकले आफ्ना देशव्यापीरूपमा फैलिएका एक सय ९७ शाखा वटा सञ्जाल, एक सय ८६ वटा एटीएम, ४२ शाखारहित बैंकिङ इकाइ तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू दिँदै आएकोे र आगामी दिनहरूमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया