Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंकको ‘निःशुल्क महिला स्वास्थ्य शिविर’

ग्लोबल आईएमई बैंकको ‘निःशुल्क महिला स्वास्थ्य शिविर’


काठमाडौं । ग्लोबल आईएमई बैंक निःशुल्क स्वास्थ शिविर आयोजना गरेको छ । बैंकका अनुसार स्वस्थ नारी पहल अभियानअन्तर्गत पश्चिम रुकुमको मुसीकोट नगरपालिका वडा नं. ७ स्थित साँख स्वास्थ्य चौकीमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरिएको हो । उक्त स्वास्थ्य शिविरमा स्त्रीरोग विज्ञहरूले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरू निःशुल्करूपमा उपलब्ध गराएका थिए । एक सय ५० जनाभन्दा बढी महिलाहरू शिविरबाट प्रत्यक्षरूपमा लाभान्वित भएका छन् ।

बैंकद्वारा आयोजित उक्त शिविर नेपाल परिवार नियोजन संघ दाङको प्राविधिक सहयोग र मुसीकोट नगरपालिका संघको साझेदारीमा सम्पन्न भएको थियो । बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता किसिमका कार्यक्रमहरूको आयोजना गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया