Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारजनरल इन्स्योेरेन्स कम्पनीको चौथो वार्षिक साधारणसभा

जनरल इन्स्योेरेन्स कम्पनीको चौथो वार्षिक साधारणसभा


काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको चौथो बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले मंगलबार अमृतभोग, कालिकास्थानमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

सभामा सञ्चालक समितिको तर्फबाट कम्पनीका अध्यक्ष कुनाल कयालद्वारा पेस भएको आर्थिक वर्ष २०७७–०७८ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित भएको छ । त्यस्तै लेखापरीक्षण प्रतिवेदन आर्थिक वर्ष (एनएफआरएस) सहितको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान तथा नगद प्रवाहसम्बन्धी अनुसूचीमाथि छलफल गरी पारित भएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७८–०७९ को लेखापरीक्षण समितिको सिफारिस लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिकलगायतका एजेन्डा पारित गर्र्दै सभा सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ । साथै उक्त साधारणसभाको अवसरमा बीमा सेवा सबैको हातहातका भन्ने उद्देश्यसहित जिआईसी नेपाल नामक एप सञ्चालनमा ल्याएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया