Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंक अफ काठमाण्डूको क्यूआर कोड सेवा दमौलीमा

बैंक अफ काठमाण्डूको क्यूआर कोड सेवा दमौलीमा


काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड (बीओके)ले तनहुँ मासु व्यवसायी समिति, दमौलीमा क्यूआर कोड सेवाको सुरुवात गरेको छ । बैंकले आफ्नो डिजिटल कारोबार क्यूआर कोड विस्तारित गर्नेक्रममा तनहुँ मासु व्यवसायी समितिको व्यवस्थापन रहेको व्यास नगरपालिका वडा नं. ३ स्थित दमौलीमा अवस्थित थोक तथा खुद्रा मासु बजारमा डिजिटल भुक्तानी क्यूआर कोड सेवाको एक औपचारिक कार्यक्रमका बीच सुरु गरेको हो ।

बैंकका अनुसार तनहुँ मासु व्यवसायी समितिका अध्यक्ष जीवन शाही तथा बैंकको गण्डकी प्रदेश प्रमुख ईश्वरी प्रसाद जोशीबाट सम्युक्तरूपमा उद्घाटन भएको हो । तनहुँ मासु व्यवसायी समितिद्वारा ३२ वटाभन्दा बढी थोक तथा खुद्रा पसलबाट माछा तथा मासुहरूको खरिद बिक्री भइरहेको छ । उक्त औपचारिक शुभारम्भ कार्यक्रममा तनहुँ मासु व्यवसायी समितिका अध्यक्ष जीवन शाहीले यस समितिद्वारा सञ्चालित पसलहरूमा क्यूआर कोड सुविधा उपलब्ध गराई बैंकले भुक्तानी प्रणालीमा सहज बनाएर व्यवसायीहरूलाई सहयोग गरेकोमा बैंकलाई धन्यवाद ज्ञापन गरे ।

साथै, बैंकको सक्रियताले उक्त मासु पसलका व्यवसायीहरूलाई व्यवसाय बिस्तारमा बैंकले सहयोग गर्ने अपेक्षा उक्त समितिले लिएको जानकारी दिए । उक्त कार्यक्रममा सम्बोधन गर्दै बैंकका गण्डकी प्रदेश प्रादेशिक कार्यालयका प्रमुख ईश्वरी प्रसाद जोशीले मासु समिति र व्यवसायीलाई व्यावसायिक सहयोग गर्न बैंक सधैँ प्रतिबद्ध रहेको जानकारी दिए । साथै, स्थानीयस्तरका व्यवसायी समितिहरूसँगको सहकार्यमा बैंकले अन्य स्थानमा पनि बैंकिङ सेवा तथा सुविधा प्रदान गर्न तत्पर रहेको जानकारी दिए ।

यस बैंक अफ काठमाण्डूले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने क्रममा बैंकले डिजिटल कारोबारको लागि रणनीतिक महत्व भएका स्थानहरू छनौट गरी क्यूआर कोड सेवा सञ्चालनमा ल्याइरहेको छ । यसै क्रममा बैंकले सम्पूर्ण हिन्दु धर्मावलम्बीहरूको आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिर परिसर, कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको व्यवस्थापन रहेको माछापोखरीमा अवस्थित तरकारी बजार, पूर्वी नेपाल यातायात, कंकाइ माई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित लामो तथा छोटो दूरीको बसहरू, खाद्य स्टोर तथा पसलहरू, होटल तथा रेस्टुरेन्टहरू, हस्पिटलहरू तथा अन्य महत्वपूर्ण स्थानमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याइसकेकाले ग्राहकहरूले उक्त स्थानहरूमा बैंकको क्यूआर कोड स्क्यान गरी कारोबार गर्न सक्नेछन् ।

साथै बैंकको मोबाइल बैंकिङ प्रयोग गरी क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा विभिन्न स्थानहरूमा विशेष छुटको व्यवस्था समेत बैंकले गरेको छ । ग्राहकहरूले बैंकको बेवसाइटमार्फत उक्त छुटबारे जानकारी लिन सक्नेछन् । बैंकले हाल एक सय एकवटा शाखा कार्यालयहरू, ९७ एटीएम र १० एक्स्टेन्सन काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

बागमती प्रदेशका विभिन्न स्थानमा बैंक अफ काठमाण्डूको घरदैलो कार्यक्रम
बैंक अफ काठमाण्डू लिमिटेडले सम्पूर्ण ग्राहकहरूलाई सहज बैंकिङ प्रदान गर्ने उद्देश्यले बैंकका बागमती प्रदेशअन्तर्गतका विभिन्न शाखा कार्यालयहरूले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । हालै सार्वजनिक गरेको दुई निक्षेप योजनाहरूको जानकारीमूलक तथा विभिन्न बैंकिङ सेवाहरूको जानकारी प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त घरदैलो कार्यक्रममा बैंकका विभिन्न शाखा कार्यालयका कर्मचारीको सहभागिता रहेको बैंकले जानकारी दिएको छ ।

बैंकले आकर्षक विशेषताहरूसहित चार गुणासम्मको प्रतिफल भएको बीओके सुपर मुद्दती खाता सार्वजानिक गरेको थियो । साथै, बीओके प्रिमियम प्लस बचत खातामा उच्चतम ब्याजदर आठ दशमलव शून्य तीन प्रतिशतको वार्षिक ब्याजदरसहित थुप्रै आकर्षक विशेषताहरू समावेश गरी ग्राहकहरूको फाइदालाई ध्यानमा राखी सार्वजनिक गरेको हो ।

Open photo

बैंकको बागमती प्रदेशअन्तर्गतका जावलाखेल, इमाडोल, लगनखेल, भक्तपुर, इटाँच्छे, गोंगबु, बालाजु, कलंकी, कमलपोखरी, अनामनगर, बल्खु, इन्द्रचोक, ठमेल, साँखु, न्यूरोड, नक्साल, नयाँ बनोश्वर, पुरानो बानेश्वर, चावहिल, महाराजगञ्ज, ज्ञानेश्वर, त्रिपुरेश्वर, गोठाटार, बनेपा, पनौती, गल्छी, नारायणघाट, पर्सा, हेटौंडा तथा प्रगतिपथलगायत शाखा कार्यालयहरूले आफ्नो नजिकको स्थानहरूमा घरदैलो कार्यक्रम गरी बैंकको नयाँ योजनाहरूको बारेमा जानकारी दिइएको हो ।

बैंकले हाल देशभरका सबै क्षेत्रमा गरी एक सय एकवटा शाखा कार्यालयहरू, ९७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया