Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बैंक र नेपाल टेलिकमबीच सम्झौता

नेपाल बैंक र नेपाल टेलिकमबीच सम्झौता

नेपाल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा डाटाशुल्क नलाग्ने


काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्दा डाटाशुल्क नलाग्ने व्यवस्था गरेको छ । नेपाल बैंकमा खाता भएकार नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्ने ग्राहकहरूलाइ सो विशेष सुविध दिनेगरी यही असार १ गते नेपाल बैंक लिमिटेड र नेपाल टेलिकमबीच सम्झौता भएको हो । सो सम्झौतामा नेपाल टेलिकमका चिफ कमर्सियल अफिसर संगीता पहाडी र नेपाल बैंक लिमिटेडका चिफ फाइनान्स अफिसर होम बहादुर खड्काले हस्ताक्षर गरेका छन् ।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलको रोहबरमा नेपाल टेलिकमको केन्द्रीय कार्यालय काठमाडौंमा भएको एक समारोहमा नेपाल बैंक लिमिटेड मार्केटिङ तथा रिसर्च डिभिजन प्रमुख अर्जुन बहादुर कंडेल, कार्ड तथा डिजिटल डिभिजन प्रमुखश्री सञ्जिव जोशी, नेपाल टेलिकमका उपप्रबन्धकहरू खगेन्द्र बहादुर श्रेष्ठ र श्री रञ्जित लोहियालगायतको पनि उपस्थिति रहेको थियो । सो सम्झौताअनुसार नेपाल टेलिकमको मोबाइल नम्बर प्रयोग प्रयोग गरी नेपाल बैंकको मोबाइल बैंकिङ रजिस्टार गर्ने सम्पूर्ण ग्राहकहरूले नेपाल बैंकको मोवाइल बैंकिङ एप प्रयोग गर्न इन्टरनेट अथवा डाटाको आवश्यकता नपर्ने भएको हो ।

नेपालभर दुई सय १३ वटा शाखाहरू, एक सय ७९ वटा एटीएम मेसिन साथै ४९ वटा एक्टेन्सन काउन्टरमार्फत करिब २१ लाख ग्राहकहरूलाई वित्तीय सेवा पु¥याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धीरूपमा अगाडि बढिरहेको छ । विगत केही वर्षयता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्तिमार्फत नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसँगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया