Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएभरेस्ट इन्स्योरेन्सको विशेष साधारणसभा

एभरेस्ट इन्स्योरेन्सको विशेष साधारणसभा


काठमाडौं । एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । कम्पनीको बिहीबार अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा विशेष साधारणसभा सम्पन्न गरेको हो ।

सभाले एभरेस्ट इन्स्योरेन्स कम्पनी लि. र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एक आपसमा गाभ्ने गाभिने विशेष प्रस्ताव सर्वसम्मत पारित गर्नुका साथै सम्पत्ति दायित्व मूल्यांकन दायित्व (डीडीए) कर्ताको नियुक्ति तथा निजको पारिश्रमिक, सेयर आदानप्रदान अनुपात, मर्जरपछि बन्ने संस्थाको सञ्चालक समिति तथा सेयर आदानप्रदान अनुपातलगायतका सम्पूर्ण विशेष प्रस्तावहरू सर्वसम्मत पारित गरेको छ ।

सभाले मर्जरपछि बन्ने संस्थाको नाम ‘हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेड’ रहने प्रस्ताव समेत सर्वसम्मत पारित गरेको जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया