Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसयपत्री हाइड्रोको साधारण सेयरको बिक्री खुला

सयपत्री हाइड्रोको साधारण सेयरको बिक्री खुला


काठमाडौं । सयपत्री हाइड्रोपावर कम्पनीले तीन करोड रुपैयाँबराबरको साधारण सेयरको बिक्री खुला गरेको छ । कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्र बाग्लुङका स्थानीयवासीहरूको लागि एक सय रुपैयाँ अंकित मूल्य कायम रहनेगरी तीन लाख कित्ता साधारण सेयरको बिक्री खुला भएको हो ।

बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री यही असार दुई गतेबाट सुरु भई छिटोमा असार १६ गते र ढिलोमा असार ३१ गते बन्द हुनेछ । लगानीकर्ताहरूले न्यूनतम १० देखि अधिकतम ३० हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिनसक्ने कम्पनीले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया