Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजाररिलायन्स लाइफको ग्यारेन्टेड रिटर्नसहितको ‘मेरो सुनिश्चित प्रतिफल बीमा योजना’

रिलायन्स लाइफको ग्यारेन्टेड रिटर्नसहितको ‘मेरो सुनिश्चित प्रतिफल बीमा योजना’


काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले ग्यारेन्टेड रिटर्नसहितको बीमालेख योजना ‘मेरो सुनिश्चित प्रतिफल बीमा योजना’ आजबाट प्रचलनमा ल्याएको छ । सोमबार आयोजित एक समारोहबीच सार्वजनिक गरिएको यो बीमा योजना आजकै दिनदेखि प्रचलनमा ल्याएको कम्पनीका प्रखुख कार्यकारी अधिकृत राकेश पोखरेलले बताए । यो बीमा योजनाअन्तर्गत बीमितले आफ्नो आवश्यकताअनुसार बीमाशुल्क भुक्तानी गर्न सक्नेछन्, साथै सीमित समयको लागि बीमाशुल्क भुक्तानी गरी बीमालेख अवधिभर रक्षावरण पाउन सक्नेछन् । यो योजनामा अढाइ गुणासम्म सुनिश्चित प्रतिफल दिने कम्पनीको दाबी छ ।

कम्पनीको पहिलो उद्देश्य ‘उत्कृष्ट योजना र सेवा प्रदान गर्ने’ हो र सोहीअनुरूप ‘मेरो सुनिश्चित बीमा योजना’ नेपाली जीवन बीमा बजारमा अहिलेसम्मकै गुणस्तरीय र उत्कृष्ट प्रडक्ट ल्याएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले बताए । यो बीमा योजनामा १६ वर्ष अवधिको बीमालेखमा आधारभूत बीमा शुल्कको दुई गुणा र २० वर्षको बीमालेखमा आधारभूत बीमाशुल्कको २ दशमलव ५ गुणा प्रतिफल ग्यारेन्टीका साथ पाइन्छ । यस बीमालेखमा अतिरिक्त सुविधाहरू लिन चाहने बीमितले अतिरिक्त शुल्क भुक्तानी गरी अतिरिक्त पुरक करार सुविधाहरू समेत लिनसक्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

बीमा योजनाको विशेषताहरू: कम्पनीका अनुसार यो योजनाको १६ वर्षको बीमालेखमा आधारभूत बीमाशुल्कको दुई गुणा र २० वर्षको बीमालेखमा आधारभूत बीमाशुल्कको दुई दशमलव पाँच गुणा प्रतिफल ग्यारेन्टीका साथ पाइनेछ । अन्य बीमा गराउँदा बीमांक रकमअनुसार बीमाशुल्क तय हुन्छ भने यो बीमा योजनामा बीमितले आफ्नो इच्छाअनुरूप तय गरिएको बीमाशुल्कको आधारमा बीमांक रकम कायम गर्न सकिनेछ । बीमा अवधिभन्दा कम समय बीमाशुल्क भुक्तानी गरी ढुक्क हुन सकिन्छ भने बोनस कुन वर्ष कति भन्ने झन्झट लिनै पर्दैन ।

मृत्यु भएमा : यो योजनामा यदि बीमा अवधि बाँकी रहँदै बीमितको मृत्यु भएमा बीमितले इच्छाइएको व्यक्तिलाई जम्मा भुक्तानी गरेको आधारभूत बीमाशुल्कको न्यूनतम दुई गुणादेखि अधिकतम दुई दशमलव पाँच गुणासम्म रकम भुक्तान गरिनेछ । यो बीमा योजाना, १६ वर्षदेखि ४४ वर्ष उमेरसम्मको व्यक्तिले लिन सकिनेछ । यो बीमा समाप्ति उमेर ६० वर्ष हुनेछ । यो बीमा योजनामा बीमा अवधि १६ वर्ष र २० वर्ष हुनेछ । १६ वर्ष बीमा अवधिमा जम्मा पाँच वर्षसम्म मात्र बीमाशुल्क तिरे पुग्ने र २० वर्ष अवधिमा जम्मा सात वर्ष मात्र बीमाशुल्क तिरे पुग्नेछ । यो बीमा योजनाअन्तर्गत बीमाशुल्क भुक्तानी वार्षिक हुनेछ ।

Open photo

अतिरिक्त सुविधाहरूः माथि उल्लेख गरिएको सुविधाहरूका अतिरिक्त यस बीमालेखमा न्यून थप बीमाशुल्क तिरेर अतिरिक्त पुरक करार सूविधाहरूमा दुर्घटना मृत्यु, पूर्ण स्थायी अशक्तता, बीमाशुल्क छुट, घातक रोगहरूविरुद्धको रक्षावरण सुविधाहरू पनि लिन पाइने कम्पनीले जनाएको छ ।

कर्जा सुविधाः बीमितले यस बीमा योजनामा सहभागी भएको तीन वर्ष अवधि पूरा भई तीन वर्षको बीमाशुल्क तिरिसकेपछि सो बीमालेख धितो राखी समर्पण मूल्यको ९० प्रतिशतसम्म ऋण लिन पनि सक्नेछन् ।

योग्यताः यो बीमा योजनामा सहभागी हुनको लागि न्यूनतम बीमा शुल्क २५ हजार रुपैयाँ रहेको छ भने अधिकतम बीमा शुल्क रकम भुक्तानी क्षमतामा निर्भर रहेनछ । न्यूनतम र अधिकतम बीमांक रकम भने बीमाशुल्कको आधारमा तय हुनेछ ।

उदाहरणको लागि यदि २५ वर्षको व्यक्तिले २० वर्षको बीमा अवधि राखी एक लाख रुपैयाँ वार्षिक बीमाशुल्क सात वर्षसम्म सात लाख तिर्छ भने १७ लाख ५० हजारबराबरको जोखिम बहन हुनेछ ।

बीमा परिपक्व भएपछि आधारभूत बीमाशुल्कको अढाई गुणा सुनिश्चित प्रतिफल १७ लाख ५० हजार प्रदान गरिनेछ । थप न्यून बीमाशुल्क १४ हजार आठ सय ४० तिरेर अतिरिक्त पुरक करार सूविधाहरू दुर्घटना मृत्यु, पूर्ण स्थायी अशक्तता, बीमाशुल्क छुट र घातक रोगहरूविरुद्धको रक्षावरण पनि लिन पाउनेछन् । यस योजनाले बीमितलाई उत्कृष्ट रिटर्न, त्यो पनि ग्यारेन्टीका साथ र उच्च रकमको रक्षावरण समेत गर्ने भएकाले ग्राहकको लागि योजना अति आकर्षक रहने कम्पनीले विश्वास लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया