Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंक अफ काठमाण्डूद्वारा प्रदेश १ का विभिन्न स्थानमा घरदैलो कार्यक्रम सम्पन्न

बैंक अफ काठमाण्डूद्वारा प्रदेश १ का विभिन्न स्थानमा घरदैलो कार्यक्रम सम्पन्न


काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले सम्पूर्ण ग्राहकहरूलाई सहज बैंकिङ प्रदान गर्ने उद्देश्यले बैंकका प्रदेश १ अन्तर्गतका विभिन्न शाखा कार्यालयहरूले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । बैंकले हालै सार्वजनिक गरेको दुई प्रकारका निक्षेप योजनाहरूको जानकारीमूलक तथा विभिन्न बैंकिङ सेवाहरूको जानकारी प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त घरदैलो कार्यक्रममा बैंकका विभिन्न शाखा कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो ।

बैंकले आकर्षक विशेषताहरूसहित चार गुणासम्मको प्रतिफल भएको बीओके सुपर मुद्दती खाता सार्वजनिक गरेको थियो । उक्त चार गुणासम्म प्रतिफल प्रदान गर्ने मुद्दती खातामा क्रेडिट कार्ड जारी शुल्कमा विशेष छुटको सुविधा, मौज्दात रकमको ९० प्रतिशतसम्म ऋणको सुविधासहित दुई लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा रहेको छ ।

साथै, बीओके प्रिमियम प्लस बचत खातामा उच्चतम ब्याजदर आठ दशमलव शून्य तीन प्रतिशतको वार्षिक ब्याजदरसहित थुप्रै निःशुल्क सेवाहरू समावेश गरी ग्राहकहरूको फाइदालाई ध्यानमा राखी सार्वजनिक गरेको हो । बैंकको प्रदेश १ अन्तर्गतका विराटचोक, विराटनगर, बिर्तामोड, बुधबारे, धरान, दिक्तेल, इटहरी, खाँदबारी, उर्लाबारी, दमक, तथा काँकडभित्तालगायत शाखा कार्यालयहरूले आफ्नो नजिकको स्थानहरूमा घरदैलो कार्यक्रम गरी बैंकको नयाँ योजनाहरूको बारेमा जानकारी दिएका हुन् ।

बैंकले हाल एक सय तीनवटा शाखा कार्यालयहरू, ९७ वटा एटीएम र १० वटा एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया