Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारगुराँस लाइफद्वारा ११ लाखभन्दा बढी रकमको मृत्युदाबी भुक्तानी

गुराँस लाइफद्वारा ११ लाखभन्दा बढी रकमको मृत्युदाबी भुक्तानी


काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले जिल्ला धादिङ, छत्रे देउराली वडा नं.–०४ बसोबास गर्ने आफ्ना बीमित स्व. दिवाकर अधिकारीको मृत्युदाबीबापतको रकम उनका इच्छाइएको व्यक्ति कुमार अधिकारीलाई हस्तान्तरण गरेको छ । स्व. दिवाकर अधिकारीले चलाएको मोटरसाइकललाई टिप्परले ठक्कर दिँदा सख्त घाइते भई उपचारको क्रममा मृत्यु भएको थियो । स्व. अधिकारीले पाँच लाखको गुराँस सावधिक जीवन बीमा गरेका थिए ।

स्व. अधिकारीका हकवाला दाइ कुमार अधिकारीलाई कम्पनीले मृत्युदाबीवापत बीमांक रकम, दुर्घटना रक्षावरण लाभ रकम र आर्जित बोनस गरी ११ लाख ६७ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । शाखाप्रमुख शोभा महतले जीवन बीमा बचत मात्र नभई आर्थिक क्षतिविरुद्धको सुरक्षा पनि भएकोले जीवन बीमा सबैका लागि अपरिहार्य रहेको बताइन् । 


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया