Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेञ्चुरी कमर्सियल बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच सम्झौता


काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) बीच सम्झौता भएको छ । डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरूलाई लक्षित गरी स्मार्ट क्यूआर प्रयोगमा ल्याउनका लागि उक्त व्यावसायिक सम्झौता भएको बैंकले जानकारी दिएको छ ।

सेवा विविधीकरणको यो नयाँ आयामपश्चात् सेञ्चुरी कमर्सियल बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एप सेञ्चुरी एप प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यूआरमार्फत गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट प्रमुख व्यापार प्रवर्द्धन अधिकृत शंकर केसीले हस्ताक्षर गरेका छन् । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया