Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारआईएमई जनरल इन्स्योरेन्स र स्टिम सेन्टरबीच सम्झौता

आईएमई जनरल इन्स्योरेन्स र स्टिम सेन्टरबीच सम्झौता


काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र स्टिम सेन्टरबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतामा आईएमई जनरलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र स्टिम सेन्टरका अध्यक्ष डा. बजरङ कुमार रौनियारले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात् आईएमई जनरल इन्स्योरेन्सका कर्मचारी तथा ग्राहकहरूलाई स्टिम सेन्टर बत्तीसपुतली, काठमाडौंमा प्राप्त हुने सेवाहरू जस्तैः प्याथोलोजी टेस्ट, रेडियोलोजी टेस्ट, फार्मेसी, डेन्टन तथा अप्थोमोजिकल प्रोडक्टहरूमा १५ प्रतिशतसम्म छुट प्राप्त हुनेछ । सोही अवसरमा स्टिम सेन्टरबाट प्राप्त हुने प्याथोलोजीको एक सय ८९ भन्दा बढी त्यसैगरी रेडियोलोजीको ८१ भन्दा बढी डेन्टलको ३७ भन्दा बढी टेस्टलगायत अन्य सेवाहरू समेतमा १५ प्रतिशतसम्मको छुट प्राप्त हुने हुनाले आईएमई जनरल इन्स्योरेन्सका सम्पूर्ण ग्राहकहरूले आवश्यकताअनुसारका सेवा प्राप्त गर्नसक्ने संस्थाले जनाएको छ ।

साथै सोही अवसरमा आईएमई जनरलका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले स्टिम सेन्टरसँग आबद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकहरूलाई आवश्यक पर्ने निर्जीवन बीमासम्बन्धी सम्पूर्ण सेवाहरू आईएमई जनरलबाट सहजरूपमा प्राप्त गर्नसक्ने जानकारी गराए ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया