Techie IT
×
गृहपृष्ठbreaking१८ सय ९३ बिन्दुमा ओर्लियो सेयर बजार, सबै सुचक रातै

१८ सय ९३ बिन्दुमा ओर्लियो सेयर बजार, सबै सुचक रातै


काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन ३७ दशमलव ४९ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार पुन ३१ दशमलव २१ अंकले ओरालो लागेर १८ सय ९३ दशमलव ५३ बिन्दुमा झरेको छ ।

क बर्गका कम्पनीह्रुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ९४ अंकले ओरालो लागेर तीन सय ६५ दशमलव १५ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २९ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट २० हजार चार सय २० पटकको कारोबारमा ३० लाख ३४ हजार चार सय ८३ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल सेयर कारोबार रकम ८४ करोड ३७ लाख ७३ हजार चार सय ५९ रुपैंयाँ पुगेको छ ।

आज कारोबार भएका कुल उपसमुहहरु मध्ये १३ वटै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार परिसुचक पुरै रातो भएको छ ।


क्याटेगोरी : breaking, वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया