अजोड इन्स्योेरेन्सद्वारा घुम्ती सेवा सञ्चालन
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले घुम्ती सेवा सञ्चालन गरेको छ । कम्पनीका अनुसार यही जेठ २८ गते गुल्मी जिल्लाको इश्मा गाउँपालिकाको वडा नं. १ को वडा कार्यालयमा घुम्ती बीमा सेवा तथा स्थानीय निकायसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । घुम्ती सेवाबाट बीमाशुल्क रकम आठ लाख ८१ हजार सात सय ५० रुपैयाँ संकलन भएको कम्पनीले जानकारी दिएको छ । सो अवसरमा इश्मा गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष शेरबहादुर कुवरको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स लिमिटेड पर्वत शाखाका प्रमुख सन्तोष न्यौपानेले गरेका थिए । अजोड इन्स्योरेन्स लिमिटेड प्रधान कार्यालयका कृषि विभाग प्रमुख दिपक पोखरेल र मानव संशाधन तथा प्रशासनप्रमुख प्रेमराज पाण्डेले कृषि बीमाको अर्थ, महत्व तथा प्रभावकारिताको बारेमा प्रस्ट पारेका थिए ।
उक्त कार्यक्रममा सो वडाका वडा सदस्यहरू तथा स्थानीय कृषकहरूको उल्लेख्य उपस्थिति रहनुका साथै अजोड इन्स्योरेन्सका अन्य कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो । यसैगरी उक्त कम्पनीले बीमा समितिको स्वीकृतिमा यही जेठ २९, ३० र ३१ गते गुल्मी जिल्लाको रेसुंगा नगरपालिकामा कृषि तथा पशुपन्छी क्षति मूल्यांकनकर्ताको तालिम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा अजोड इन्स्योरेन्सबाट दिपक पोखरेल, प्रेमराज पाण्डे र सुदिप पौडेलले प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रममा २३ जना क्षति मूल्यांकनकर्ताको सहभागिता भएको थियो । कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्सको गुल्मीका शाखाका प्रमुख सन्तोष न्यौपानेले गरेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- दुई हजार २८ अंकमा पुगेर रोकियो सेयर बजार
- चिनियाँ युआनमा भुक्तानी गर्दै भारतीय कम्पनी
- हङकङ पुगेका सीले के भने ?
- आईएमएफद्वारा श्रीलंकालाई समर्थन गर्ने पुनः प्रतिबद्धता
- सीताराम घ्यू अब नयाँ प्याकमा
- त्रिभुवन विमानस्थलबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने
- बैंक तथा वित्तीय संस्था परिसंघका प्रतिनिधि र प्रधानमन्त्री देउवाबीच भेटघाट
- बीओके क्यापिटलको प्रमुख कार्यकारीमा तुलाधर
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया