Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारसिद्धार्थ बैंकको १० दशमलव ७५ प्रतिशत ‘एसबीएल डिबेन्चर २०८९’ ऋणपत्र निष्काशन

सिद्धार्थ बैंकको १० दशमलव ७५ प्रतिशत ‘एसबीएल डिबेन्चर २०८९’ ऋणपत्र निष्काशन


काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले यही असार १० गतेदेखि चार अर्ब रुपैयाँको ४० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँको दरले ४० लाख कित्ता १० दशमलव ७५ प्रतिशत एसबीएल डिबेन्चर २०८९ बिक्री खुला गरेको हो, जसमा लगानीकर्ताले वार्षिक १० दशमलव ७५ प्रतिशत ब्याजदर पाउन सक्नेछन् । यस ऋणपत्रको अवधि १० वर्ष रहनेछ ।

आकर्षक र सुनिश्चित प्रतिफल प्रदान गर्ने उत्कृष्ट दीर्घकालीन लगानीको अवसरका साथ सर्वसाधारण र विभिन्न संघसंस्थाका लागि जारी गरिएको उक्त ऋणपत्रमा लगानीकर्ताले बैंकिङ उद्योगमध्येकै उच्चतम ब्याजदर प्राप्त गर्न सकिनेछ ।

बैंकले ४० लाख कित्ता ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात् १६ लाख कित्ता सर्वसाधारण लगानीकर्तालाई र ६० प्रतिशत अर्थात् २४ लाख कित्ता विभिन्न संघसंस्थालाई बिक्री गर्नेछ । सर्वसाधारणका लागि निष्काशन गरिएको कुल ऋणपत्रमध्ये पाँच प्रतिशत अर्थात् ८० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरूले यस ऋणपत्रका लागि नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

यसको निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ र यस ऋणपत्रलाई आइक्रा नेपाल लिमिटेडले मध्यम मात्रामा सुरक्षा तथा प्रतिकूल प्रभावसहित सूक्ष्म निगरानी जनाउने रेटिङ प्रदान गरेको छ । ऋणपत्र निष्कासन बन्द हुने मिति छिटोमा २०७९ असार १४ गते र ढिलोमा असार २४ गते रहेको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया