सेञ्चुरी बैंकको नयाँ शाखा काठमाडौंको असनमा
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरूलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा बिहीबारदेखि काठमाडौं नगरपालिका वडा नं. २५ असन बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकका सञ्चालक समिति सदस्य प्राडा गिता प्रधान र असन वडा नं. २५ का वडा अध्यक्ष राजेश डंगोलले असन शाखाको संयुक्तरूपमा समुद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रममा बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलगायत बैंक उच्च व्यवस्थापन समूह, स्थानीयवासीहरूको उपस्थिति रहेको थियो । असन शाखा सञ्चालनमा आएपछि उपत्यकाभित्र बैंकको शाखा संख्या २८ पुगेको छ । २०७८ चैत्र मसान्तसम्ममा बैंकले ९२ अर्ब ९६ करोड रुपैयाँ निक्षेप संकलन र कर्जा ८९ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रदान गरी एक अर्ब एक करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यका साथ बैंकले देशका विभिन्न स्थानहरूमा शाखा, शाखारहित बैंकिङ तथा एक्सटेन्सन काउन्नटरहरू सञ्चालनमा ल्याई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकको कुल शाखा संख्या एक सय ४५ वटा पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउन्टर २४ शाखारहित बैंकिङ र एक सय १५ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- १९ सय २१ अंकमा खुम्चियो सेयर बजार
- ग्लोबल आईएमई बैंक ‘स्वस्थ नारी पहल’अन्तर्गत निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना
- सेञ्चुरी बैंक र हिमालय दृश्य रिसोर्टबीच सम्झौता
- सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता
- आईएमई लाइफको ‘बालकिरण जीवन बीमा’
- माछापुच्छ्रे बैंकद्वारा हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण
- एनआईसी एसियाको मोबाइल बैंकिङ एपमार्फत एयरलाइन्स टिकटमा ‘क्यास ब्याक’
- बाइडेन–सी फोनवार्ता यही हप्ता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया