Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारसनराइज बैंकले दुई अर्बबराबरको डिबेन्चर जारी गर्ने

सनराइज बैंकले दुई अर्बबराबरको डिबेन्चर जारी गर्ने


काठमाडौं । सनराइज बैंक लिमिटेडले दुई अर्बबराबरको डिबेन्चर जारी गर्ने भएको छ । बैंकले प्रतिऋणपत्र एक हजार रुपैयाँ अंकित मूल्यका २० लाख कित्ता ऋणपत्र निष्काशन गर्नको लागि बिहीबार सनराइज बैंक लिमिटेड र एनआईसी एसिया क्यापिटल लिमिटेडबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी दुईपक्षीय सम्झौता भएको हो ।

उक्त ऋणपत्रमध्ये एक अर्ब २० करोड रकमबराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र ८० करोडबराबरको ऋणपत्र रकम सर्वसाधारण नेपालीहरूमा सार्वजनिक निष्कासनबाट बिक्री गरिने बैंकले जनाएको छ । 


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया