Techie IT
×
गृहपृष्ठbreakingबजार परिसुचक १८ सय ६२ बिन्दुमा

बजार परिसुचक १८ सय ६२ बिन्दुमा

१३ अंकले उकालो लाग्दा एक अर्ब १५ करोडको सेयर खरिद बिक्री


काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । साताको अन्तिम करोबार दिन आज शुक्रबार नेप्से १३ दशमलव ७८ अंकले बढेर १८ सय ६२ दशमलव छ अंकमा पुगेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ८१ अंकले बढेर तीन सय ६४ दशमलव ९० अंकमा चढेको छ ।

नेप्सेमा आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २३ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट २२ हजार आठ सय ७४ पटकको कारोबारमा ३५ लाख ४१ हजार पाँच सय ३७ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब १५ करोड १२ लाख आठ हजार ३१ रुपैंयाँ पुगेको छ । नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएको सामुहिक लगानी कोष समुहको सुचक बढेर बाँकी समुहको सुचक घटेका छन् ।


क्याटेगोरी : breaking, वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया