Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमाछापुच्छ्रे बैंकद्वारा हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण

माछापुच्छ्रे बैंकद्वारा हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण


काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकास्थित प्रसिद्ध हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण गरेको छ ।

बैंकद्वारा शनिबार हलेसी तुवाचुङस्थित प्रसिद्ध हलेसी मन्दिरमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि तुवाचुङ नगरपालिका प्रमुख विमला राई एवं हलेसी तुवाचुङ नगरपालिका उपप्रमुख रमेशकुमार राउतको समुपस्थितिमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले उक्त मेसिन हस्तान्तरण गरेका हुन् । हाल प्रसिद्ध हलेसी मन्दिरमा दैनिकरूपमा सयौँ दर्शनार्थीहरू दर्शन गर्न आउने भएपनि मेसिनको अभावमा एक दिनका के–कति दर्शनार्थी दर्शन गरे भन्ने कुराको रेकर्ड मन्दिरसँग नभएकाले बैंकले उक्त कुरालाई मध्यनजर गर्दै भक्तजनको संख्या गन्ने मेसिन हस्तान्तरण गरेको हो ।

बैंकले प्रदान गरेको मेसिनमा सीसी टीभी क्यामेरा जडान गरिएको हुनाले उक्त मेसिनले भक्तजनको संख्या गन्नुका साथै मन्दिरको सुरक्षामा समेत सघाउ पु-याउनेछ । आन्तरिक पर्यटकको लागि आर्कषणको केन्द्रको रूपमा रहेको प्रसिद्ध हलेसी मन्दिरको संरक्षण र प्रवर्द्धनको लागि बैंकले मन्दिरलाई उक्त मेसिन हस्तान्तरण गरेको हो ।

बैंकले विशुद्ध बैंकिङ सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि विभिन्न संघसंस्थाहरूलाई सहयोग गर्दै आएको थियो । त्यस्तै बैंकले विभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरूमा पनि सरकारलाई सहयोग गर्दै आएको छ । बैंकले हाल देशका सातवटै प्रदेशमा एक सय ६५ वटा शाखा, आठवटा एक्सटेन्सन काउन्टर, एक सय ६५ वटा शाखारहित बैंकिङ सेवा, दुई सय तीनवटा एटीएममार्फत १३ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया