Techie IT
×
गृहपृष्ठbreaking१९ सय २१ अंकमा खुम्चियो सेयर बजार

१९ सय २१ अंकमा खुम्चियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन २३ दशमलव ८५ अंकले ओरालो लागेको बजार परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि तीन दशमलव २२ अंकले ओरालो लागेर तीन सय ७२ दशमलव ६० बिन्दुमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २२ अंकले ओरालो लागेर तीन सय ७२ दशमलव ६० बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३० वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट २३ हजार एक सय ३२ पटकको कारोबारमा ३० लाख ३७ हजार छ सय ३० कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल सेयर कारोबार रकमक एक अर्ब पाँच करोड ८२ लाख ४६ हजार चार सय ७२ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये दुई वटा उपसमुहहरुको सुचक उकालो लागेर बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : breaking, वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया