Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंक अफ काठमाडौँद्वारा अस्पताल निर्माणको लागि एक करोड सहयोग

बैंक अफ काठमाडौँद्वारा अस्पताल निर्माणको लागि एक करोड सहयोग


काठमाण्डौं,फागुन ८
बैंक अफ काठमाडौँले अस्पताल निर्माणको लागि एक करोड रूपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालको अगुवाइमा बन्नलागेको बाल अस्पताललाई एक करोड रूपैयाँ सहयोग गरेको हो । यसैगरी बैंकले आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका महिला पत्रकारहरूको क्षमता विकासको लागि पनि आर्थिक पत्रकार समाज (सेजन)लाई पाँच लाख रूपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

बैंकका अनुसार आफ्नो २५औं वाषिर्कोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अभियानअन्तर्गत उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो । गभर्नर चिरञ्जीवी नेपालले डा. कोइरालालाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका हुुन् । यो रकमबाट अस्पतालको आईसीयू कक्ष निर्माण हुुनेछ । बैंकका अनुुसार डा. कोइरालाको अध्यक्ष रहेको काठमाडौँं इन्सिच्युट अफ चाइल्ड हेल्थ (किओच)ले काठमाडौँंसहित सातवटै प्रदेशमा बाल अस्पताल स्थापना गर्ने योजना बनाएको छ । सबै अस्पताल निर्माणको लागि दुई अर्ब रूपैयाँभन्दा बढीको लगानी संकलन गर्ने लक्ष्य लिएको छ ।

ती सबै अस्पतालहरूको निर्माण कार्य २०२२ भित्र सम्पन्न गर्ने बताइएको छ । बैंकले हाल १० एक्टेन्सन काउन्टरसहित देशभर ८७ शाखा र ७८ एटीएम काउन्टरमार्फत वित्तीय सो उपलब्ध गराउँदै आएको छ । आर्थिक वर्ष २०७६÷७७ को दोस्रो त्रैमासिकको अन्त्यको वित्तीय विवरणअनुसार बैंकले गत आवको दोस्रो त्रैमासको तुलनामा खुद मुनाफामा २० प्रतिशतले वृद्धि गरी ८८ करोड ३८ लाख कमाउन सफल भएको छ । साथै यस अवधिमा बैंकको निक्षेप र कर्जामा अघिल्लो वर्षको तुलनामा क्रमशः सात दशमलव ८४ प्रतिशत र नौ दशमलव १४ प्रतिशतले वृद्धि भई क्रमशः ९० अर्ब ११ करोड तथा ८२ अर्ब ४९ अर्ब पु¥याउन सफल जानकारी बैंकले दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया