Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसर्वोत्कृष्ट खेलाडीलाई ग्लोबल आईएमई बैंकद्वारा पुरस्कार प्रायोजन

सर्वोत्कृष्ट खेलाडीलाई ग्लोबल आईएमई बैंकद्वारा पुरस्कार प्रायोजन


काठमाण्डौं,फागुन ८
ग्लोबल आईएमई बैंकले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघद्वारा आयोजित स्र्पोट्स अवार्ड २०७५ मा सर्वोकृष्ट हुने पुरुष र महिला खेलाडीलाई प्रदान गरिने नगद पुरस्कार प्रायोजन गरेको छ । पुरुषतर्फ सर्वोकृष्ट हुनुभएका प्याराग्लाइडिङका विमल अधिकारी र महिलातर्फ सर्वोकृष्ट हुनुभएका तेकवान्डोकी निमा गुरुङलाई यस बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले जनही एक लाख रूपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले नेपाली खेलकुदको विकाश र विस्तारको लागि निरन्तररूपमा खटेर काम गर्ने संघसंस्था, व्यक्तित्वहरूलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूको मनोबल बढाउने उद्देश्यले विगत १३ वर्षदेखि निरन्तर स्र्पोट्स अवार्ड प्रदान गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै १४औं एनएनआईपीए स्र्पोट्स अवार्ड फागुुन छ गते वसन्तपुरको डबलीमा आयोजना गरिएको थियो ।

कर्पोरेट क्षेत्रको प्रत्यक्ष सहभागिताले खेलाडीको मनोबल बढाई समग्र खेल क्षेत्रकै विकासमा महत्वपूर्ण योगदान पुग्नसक्ने कुरालाई दृष्टिगत गरी बैंकले खेलाडीहरूलाई प्रदान गरिने विभिन्न पुरस्कारहरूमा प्रायोजन गर्दै आइरहेको छ । बैंकको खेलप्रतिको यस सहयोगले खेलाडीहरूमा हौसला प्रदान भई समग्र नेपाली खेल क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार


तपाईको प्रतिक्रिया