Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकले १० दशमलव २५ प्रतिशत ऋणपत्र २०८६ निष्काशन गर्ने

सिटिजन्स बैंकले १० दशमलव २५ प्रतिशत ऋणपत्र २०८६ निष्काशन गर्ने


काठमाण्डौं,फागुन ८
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दुुई अर्ब ५० करोडबराबरको ऋणपत्र १० दशमलव २५ प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८६ चाँडै बजारमा निष्काशन गर्ने भएको छ । त्रैमासिक ब्याज भुक्तानी भएको उक्त ऋणपत्र १० वर्षको अवधिका लागि निष्काशन गर्न लागिएको हो । बैंकका अनुसार दुुई अर्ब ५० करोडबराबरको प्रतिऋणपत्र एक हजार अंकित मूल्यका २५ लाख कित्तामध्ये १० लाख कित्ता ऋणपत्रले हुन आउने कुल एक अर्ब ऋण पुँजी रकम (५०,००० कित्ता सामूहिक लगानी कोषका लागि छुट्टयाइएको समेत सर्वसाधारण नेपालीको लागि सार्वजनिक निस्काशनबाट बिक्री गरिने र बाँकी १५ लाख कित्ता ऋणपत्रले हुन आउने कुल एक अर्ब ५० करोड ऋणपुँजी रकम विभिन्न व्यक्ति वा संघसंस्थाहरूलाई व्यक्तिगततपÞर्mबाट बिक्री गरिने बैंकले जानकारी गराएको छ ।

ग्लोबल आईएमई क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धमा बैंकले जारी गर्न लागेको १० वर्ष अवधि तथा वार्षिक १० दशमलव पाँच प्रतिशत ब्याजदर भएको १० दशमलव २५ प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८६ ऋणपत्रलाई इक्रा नेपाल लिमिटेडले एलबीबीबी प्लस रेटिङ मिति २०७६÷०७÷०७ मा प्रदान गरेको हो । उक्तक्रेडिट रेटिङ प्राप्त गर्ने इन्स्ट्रमेन्टलाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा सुरक्षित मानिन्छ ।बैंकले ८९ वटा शाखा, ९० वटा एटीएम र एक सय तीनवटा शाखारहित बैंकिङ इकाइहरूबाट करिब पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

ग्राहकवर्गहरूलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरू, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिनेजस्ता सुविधाहरू पनि उपलब्ध गराउँदै आएको छ । सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगीकार गर्दै बैंकले ग्राहकवर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्तरूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरूसमेत सञ्चालनमा ल्याएको छ । अन्तर्राष्ट्रिय कार्डप्रदायक कम्पनी भिजासँगको सहकार्यमा बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिनमार्फत सामान वा सुविधा खरीद गर्दा २० प्रतिशतसम्म क्यास ब्याक (नगद फिर्ता) हुने योजना सञ्चालनमा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार


तपाईको प्रतिक्रिया