Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारहिमालयन हाइड्रोपावरको साधारण सेयरको बिक्री खुला

हिमालयन हाइड्रोपावरको साधारण सेयरको बिक्री खुला


काठमाडौं । हिमालयन हाइड्रोपावर नेपाल लिमिटेडले साधारण सेयरको बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताको लागि एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी नौ करोड रुपैयाँबराबरको नौ लाख कित्ता साधारण सेयर बिक्री खुला गरेको हो ।

कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्र कास्कीका जनताको लागि उक्त परिमाणमा साधारण सेयर जारी गर्न लागिएको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्रीकार्य यही असार १५ गतेबाट सुरु भई छिटोमा यही असार १९ गते एवं ढिलोमा असार २९ गते बन्द हुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया