Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुमारी बैंक र माया मेट्रो अस्पतालबीच सम्झौता

कुमारी बैंक र माया मेट्रो अस्पतालबीच सम्झौता


काठमाडौं । कुमारी बैंक लिमिटेड र धनगढी, कैलालीस्थित माया मेट्रो अस्पतालबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई माया मेट्रो अस्पतालबाट प्रदान गरिने स्वस्थ्योपचारसम्बन्धी सेवाहरूमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

उक्त सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरूले सो अस्पतालबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट र क्रेडिट कार्डबाट गर्दा ल्याब, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राम, एन्डोसकोपी, बेड चार्जमा १० प्रतिशत छुट र ओटी, अम्बुलेन्स सेवामा पाँच प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यो सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

बैंकले आफ्ना देशव्यापी एक सय ९७ वटा शाखा सञ्जाल, एक सय ८६ वटा एटीएम, ४५ शाखारहित बैंकिङ एकाइ तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू दिँदै आएकोे र आगामी दिनहरूमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया