Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारजोरपाटीमा देवः विकास बैंक

जोरपाटीमा देवः विकास बैंक


काठमाडौं, फागन ९
देवः विकास बैंक लिमिटेडले काठमाडौँको जोरपाटीमा पनि शाखा विस्तार गरेको छ । गोकर्णेश्वर नगरपालिका, वडा नं ६ जोरपाटीमा सञ्चालित जोरपाटी शाखा कार्यालयको बुुधबार आयोजित एक कार्यक्रमबीच बैंक सञ्चालक समितिका सदस्य भरतबहादुर हमालले उद्घाटन गरेका हुुन् । कार्यक्रममा सञ्चालक हमालले गुणस्तरीय सेवा विस्तारमा जोड दिँदै यस क्षेत्रबाट संकलित निक्षेपलाई यस क्षेत्रको व्यापार व्यवसायमा लगानी गर्ने र स्थानीय उद्यमशीलताको विकासका लागि सहकार्य गर्ने बताए । कार्यक्रममा गोकर्णेशवर नगरपालिका, वडा नं ६ का अध्यक्ष रमेश अर्यालले वडा नं ६ को क्षेत्रमा बैंकिङ गतिविधिको विस्तारबाट समग्र नगरपालिका क्षेत्रमा नै आर्थिक गतिविभिको विस्तार भएको सन्तुष्ट व्यक्त गरे ।

सोही कार्यक्रममा बैंकका सञ्चालक विजयराज शर्मा भुषाल, महानगरीय प्रहरी वृत, बौद्धका प्रहरी नायब उपरीक्षक रेशमबहादुर सिंहले पनि मन्तव्य राखेका थिए भने गोकर्णेश्वर नगरपालिका, वडा नं ६ का सदस्यहरू जगनाथ ढकाल तथा नवराज लामाको पनि उपस्थिति थियो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले देवः विकास बैंक सधैँ ग्राहकको अधिकतम सुविधालाई ध्यानमा राखी अगाडि बढिरहेको र समयानुकूल आधुनिक बैंकिङ सेवा विस्तार एवं स्तरोन्नतिका लागि कुमारी बैंकसँग एक्विजिसनमा जान लागेको जानकारी दिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया